
काठमाण्डौं । बिहिबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ। यो बृद्धिसँगै यस दिन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ।
त्यस्तै चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो दिनको कारोबारमा प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिवार ७ सय ३० रुपैयाँमा कारोबार भएको छ।
विश्व सेयर बजार सेलाएसँगै सुरक्षित लगानीको रुपमा सुनमा लगानीकर्ताको आकर्षण बढेको छ। जसले गर्दा विश्व बजारमा सुनको माग बढेको छ।
प्रकाशितः २०७२ चैत्र ४
वि.सं.२०७२ चैत ४ बिहीवार ११:२१ मा प्रकाशित