
काठमाडौं । फिस्टेल एयरको हेलिकोप्टर रुसुवाको लाङटाङमा दुर्घटना भएको छ ।
स्वीडेनका निकोलस पाइलट रहेको हेलिकोप्टर धुन्चेबाट राहत सामाग्री बोकेर लाङटाङ भिलेज गएको थियो । सामाग्री छाडेर उड्ने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । राडार बिग्रिएर दुर्घटना भएको स्रोतले बतायो |
दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
वि.सं.२०७२ चैत ४ बिहीवार १६:२० मा प्रकाशित