back
NMB Ad

चिन्तन पौडेले किन दिए राजिनामा ?

Nepal Bank

काठमाडौं । गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

पौडेलले आज पत्रकार सम्मेलन गर्दै गरिबी मन्त्रालय र बोर्डबीच समन्वयकारी भूमिका हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै बुधबार सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीसामु राजीनामापत्र बुझाएको जानकारी दिए ।

“मलाई तत्कालीन सरकारले कार्यकारी अधिकार दिएर बोर्डमा सिफारिस गरेर पठाएको हो तर मेरो काम बिना कार्यकारी भयो । मैले उक्त पदमा बस्न उचित ठानिनँ । त्यसैले राजीनामा दिएको हुँ ।” उनले भने ।

पौडेलले आफ्नो कार्यकालमा देशभरका २५ जिल्लामा गरिब घरपरिवारको पहिचान गरी नामावली प्रकाशन, पहिचान भएका घरको बारेमा गुनासो भए सोको सुनुवाइ, गरिबलाई स्माट कार्ड दिने निर्णय जस्ता महत्वपूर्ण काम भएको बताए ।

पौडेल २०७१ कात्तिक २४ को मन्त्रिपरिषद्को निर्णयबाट बोर्डको कार्यकारी उपाध्यक्ष भएका थिए ।

वि.सं.२०७२ चैत ४ बिहीवार १६:५१ मा प्रकाशित

You can share this post!

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:४२

बैंकक, थाईल्याण्ड : चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो नयाँ...

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...