
काठमाडौ। टिभिएस मोटर्सको नेपालका लगि आधिकारीक वितरक जगदम्वा मोटर्सले पूर्वको इटहरीमा बुधवार पारस अटोमोवाइल्स नामको नयाँ सोरुम खोलेको छ। आधुनिक र नवीनतम रुपमा तयार पारिएको सोरुममा ग्राहकका लागि सबै किसिमका सेवा, स्पेयर पार्टस् र सवै किसिमका सूचना उपलब्ध गराउने कम्पनीले जनाएको छ।
उक्त सोरुममा नेपालमा उपलब्ध टिभिएसका सम्पूर्ण मोडेलका मोटरसाइकल र स्कुटर पाउने जनाइएको छ। नेपालमा टिभिएसका अपाचे आरटिआर सिरिजका १६० र १८० सिसिका दुइवटा मोटरसाइकल उपलब्ध रहेका छन् भने वेगो, जिस्ट, स्पोर्टस् १००, फियोनिक्स १२५ र स्टार सिटि प्लस ११० मोडेलका स्कुटरहरु पाइन्छन्। सोरुममा नयाँ अपाचे आरटिआर मेट ब्लु पनि राखिएको छ।
५ चैत २०७२, १०।००
वि.सं.२०७२ चैत ५ शुक्रवार १०:५२ मा प्रकाशित