back

अब नगरको फोहोर उठाउने जिम्मा सहकारीलाई

Kumari bank ad

बागलुङ । स्थानीय नगरक्षेत्रको फोहर व्यवस्थापनको जिम्मा यहाँको एक सहकारीले लिएको छ। गत वर्ष खुलेको धवलागिरि फोहरमैला व्यवस्थापन तथा सरसफाइ सहकारीले त्यस्तो जिम्मा पाएको हो।

बागलुङ नगरपालिका कार्यालय र सहकारीबीच फोहर सङ्कलन र व्यवस्थापनसम्बन्धी दुईपक्षीय सम्झौता भएको छ। सहकारीले विगत १० महिनादेखि निःशुल्क रुपमा नगरको फोहर व्यवस्थापनमा सघाउँदै आएको थियो। सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले नगरपालिकालाई सरसफाइमा नुमना बनाउने बताए।

यसअघि नगरपालिका आफैँले फोहर व्यवस्थापनको काम गर्दै आएको थियो। फोहर व्यवस्थापनमा प्रयोग हुँदै आएका दुईवटा सवारी र ६ जना कर्मचारीसमेत सहकारीलाई हस्तान्तरण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले बताए।

उहाँका अनुसार पूर्ण सरसफाइयुक्त नगरपालिका बनाउन सहकारीमार्फत काम सुरु गरिएको हो। “अबदेखि फोहर नउठ्ने वातावरण सिर्जना हुन दिन्नौँ, नगरलाई स्वच्छ बनाउन हामी मिलेर सहकार्य गर्छौं”, अधिकृत अधिकारीले भने। उनले सरकारले सबैतिर टेक्ने होइन, देख्ने हो भन्ने अवधारणाबाट फोहर व्यवस्थापनको जिम्मा सहकारीलाई लगाएको बताए।

समयमा फोहर उठ्न नसकेको र सार्वजनिक बिदाका दिनमा काम नभएको भन्दै नगरवासीबाट गुनासो आउने गरेको थियो। सहकारीले बिदाका दिनमा पनि फोहर उठाउने प्रतिबद्धता जनाएको छ। सहकारीलाई दिइएको सवारीका लागि इन्धन र कर्मचारीको तलब भने नगरपालिकाले नै व्यहोर्ने जनाइएको छ । त्यसबाहेक अन्य व्यवस्थापन खर्चका लागि नगरपालिकाले सहकारीलाई आगामी असार मसान्तसम्मका लागि पाँच लाख ७६ हजार ५०० रुपैयाँ दिने सम्झौता भएको छ।

सो रकम सवारी पार्किङ, ल्यान्डफिल्ड साइट व्यवस्थापन, सञ्चार, कार्यालय व्यवस्थापनमा खर्चन पाइने प्रावधान राखिएको छ । पहिलो चरणमा पाँच महिनाका लागि सम्झौता भए पनि सहकारीले पाँच वर्षसम्म फोहर व्यवस्थापनको जिम्मा लिएको हो। हरेक वर्ष असार मसान्तमा सम्झौता नवीकरण गर्दै जाने विनियम पनि बनाइएको छ।

स्थानीय स्वायत्त ऐन, सार्वजनिक खरिद ऐन तथा आर्थिक नियमावलीलाई पनि सम्झौतामा उल्लेख गरिएको छ। नगरस्तरीय राजनीतिक दलको संयन्त्रले पनि सहकारीलाई जिम्मा दिने कुरामा सहमति जनाएको छ। सहकारीले फोहरलाई सिसाजन्य, प्लास्टिकजन्य र कुहिने फोहर गरी तीन भागमा छुट्याएर व्यवस्थापन गर्ने योजना बनाएको छ।

कुहिने फोहरबाट मल बनाउने, सिसाको उचित व्यवस्थापन गर्ने र प्लास्टिकजन्य फोहरलाई नष्ट गर्ने अध्यक्ष श्रेष्ठले बताए। सहकारीसँग यसअघि नै रहेको एउटा र नगरपालिकाबाट प्राप्त दुई गरी तीन सवारी फोहर सङ्कलनमा प्रयोग हुनेछन्। फोहरको उचित व्यवस्थापन र विसर्जनका लागि नगरपालिका कार्यालयले ९० लाख खर्चेर डम्पिङ साइट निर्माण गरेको छ। रासस

५ चैत २०७२, १०.००

वि.सं.२०७२ चैत ५ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...