back
NMB ad

गाईलाई राष्ट्रमाताु बनाउन माग गर्दै भारतमा आत्महत्या

Kumari bank ad

एजेन्सी । गाईलाई राष्ट्रमाता को दर्जा दिनुपर्ने माग गर्दै भारतको गुजरातमा आठजनाले आत्महत्या प्रयास गरेका छन् । आत्महत्या प्रयास गरेकामध्ये एकजनाको ज्यानै गएको छ ।

गुजरातको राजकोटमा गाई रक्षक समिति नामको एक संगठनले गाईलाई राष्ट्रमाता घोषित गर्न तथा गोमांसमाथि देशभर प्रतिबन्ध लगाउन माग गर्दै आत्महत्या प्रयास गरेका हुन् ।

उनीहरुले स्थानीय कलेक्टरको सामुन्ने प्रदर्शन गर्ने क्रममा आत्महत्या प्रयास गरेका हुन् । पुलिसले रोक्दा रोक्दै किटनाशक खाएका एकजनाको भने मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा आठ गाई संरक्षण कार्यकर्ताले किटनाशक विषादी खाएर आत्महत्या गर्ने प्रयास गरेका हुन् । किटनाशक खाएका आठमध्ये एकको ज्यान गएको छ भने तीनको अवस्था गम्भीर रहेको छ ।

पुलिसका अनुसार गौरक्षक समितिका आठ सदस्यहरु बिहीबार हातमा किटनाशकको बोतल लिए कलेक्टरको कार्यालय पुगेका थिए ।

पुलिसका अनुसार रोक्ने प्रयास गर्दा गर्दै उनीहरुले विषादी खाएका हन् । उनीहरुलाई त्यसपछि सरकारी अस्पतालमा भर्ना गरियो । जहाँ उपचारका क्रममा एक व्यक्तिको ज्यान गएको हो भने अन्य तीनजनाको अवस्था गम्भीर रहेको छ।

सहायक पुलिस आयुक्त कल्पेश चावडाले बताए अनुसार ज्यान गएका व्यक्तिको नाम हिन्डा वाम्बाडिया रहेको छ । उनको निधन अस्पतालमा उपचारका क्रममा भएको हो । अन्य तीनको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यस घटनापछि गौरक्षक समितिका सदस्य ठूलो संख्यामा सडकमा ओर्लिएका छन् । राजकोटबाट पूर्व कांग्रेस सांसद कुनवारजी बावलिया र  गौसेवा आयोगका अध्यक्ष वल्लभाई कठिरिया घटनापछि अस्पताल पुग्दा उनीहरुलाई प्रदर्शनकारीहरुले रोकिदिए ।

यो घटनाको विरोधमा गौ रक्षक समितिले शुक्रबार गुजरात बन्दको आह्वान गरेको छ ।

वि.सं.२०७२ चैत ५ शुक्रवार १४:२० मा प्रकाशित

You can share this post!

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ असार ६ बिहीवार १७:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार थप एक कम्पनीको...

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

वि.सं.२०८१ असार ६ बिहीवार १७:४४

भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ । स्थानिय...

कुमारी बैंक र एन.डि थर्टीनाइन बिजनेस ग्रुप बीच सम्झौता

कुमारी बैंक र एन.डि थर्टीनाइन बिजनेस ग्रुप बीच सम्झौता

वि.सं.२०८१ असार ६ बिहीवार १७:१५

काठमाडौं । कुमारी बैंक लिमिटेड र एन.डि. थर्टी नाइन बिजनेस...

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत   

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत   

वि.सं.२०८१ असार ६ बिहीवार १७:०६

तेलअभीभ, इजरायल, ६ असार : श्रम अभावलाई सम्बोधन गर्न, इजरायली...

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

वि.सं.२०८१ असार ६ बिहीवार १७:०२

काठमाडौँ, ६ असार । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको...

प्रभु बैंकका ग्राहकलाई बन्दिपुरका बिभिन्न ९ होटल तथा रेष्टुरेण्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई बन्दिपुरका बिभिन्न ९ होटल तथा रेष्टुरेण्टमा विशेष छुट

वि.सं.२०८१ असार ६ बिहीवार १६:५७

काठमाडौं । पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरमा अवस्थित बन्दिपुर ईको...