
काठमाडाैं । चैत ७ गतेदेखि हुने प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी चीन भ्रमण टोलीमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को पनि सहभागिता हुने भएको छ । भ्रमणमा टानकाे प्रतिनिधित्व अध्यक्ष चन्द्रप्रसाद रिजालले गर्ने छन् ।
प्रधानमन्त्रीकाे वैदेशिक भ्रमण टाेलीमा पर्यटन क्षेत्रकाे याे सहभागिता हाे । प्रधानमन्त्रीको चीन भ्रमणका समयमा इन्धन तथा पारवहन सम्झौता हुने बताईएकाे छ ।
चीनको भ्रमणमा तातोपानी र केरुंग नाका खोल्ने कुराले विशेष महत्व पाएको छ र यो बिसयमा उचित निर्णय हुने समेत पर्यटन ब्यबसायीहरुको आशा देखिन्छ |
यसका साथै चिनियाँ पर्यटक नेपाल भित्र्याउन पहल कदमी पनि यस भ्रमणमा हुनेछ ।
काे-काे छन् टाेलीमा ?
भ्रमण टोलीमा चारजना मन्त्रीसहित ४० भन्दा बढीकाे सहभागिता हुने देखिएकाे छ । भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, आपूर्ति मन्त्री गणेशमान पुन र वाणिज्यमन्त्री दिपक बोहोरसहित ४० जना भन्दा बढीको सहभागिता रहने निश्चित भैसकेको छ ।
वि.सं.२०७२ चैत ५ शुक्रवार १६:३७ मा प्रकाशित