back

४० वर्षपछि कागती चोर पक्रियो

Nepal Bank

काठमाण्डौं । हामीकहाँ हत्या, बलात्कार, अपहरण जस्ता अपराधका अभियुक्तहरु समेत वर्षौँसम्म पक्राउ पर्दैनन् । तर भारतमा भने पुलिसले ४० वर्ष लगाएरै भएपनि एकजना कागती चोरलाई पक्रिएको छ ।

भारतको कर्नाटकस्थित कलाबुर्गी जिल्लामा कागती चोरी भएको ४० वर्षपछि उक्त कागती चोर्ने चोरलाई पक्रिन पुलिस सफल भएको हो । उक्त व्यक्तिले सन् १९७६ को नोभेम्बर १६ का दिन कागती चोरेको थियो ।

अहिले ५७ वर्षको भएको उक्त मानिसको नाम दशरथ पराडी हो । दशरथले १७ वर्षको उमेरमा ३ सय रुपैयाँ बराबरका कागती चोरेको रहेछ । कलाबुर्गी नजिकै गोला गाउँका शंकर गौडा पाटिल नामका व्यक्तिको खेतमा बोरामा राखिएको कागती उसले चोरेको थियो । खेतमा काम गर्ने एक कामदारले उक्त चोरीका बारेमा उजुरी गरेका थिए ।

चोरीको उजुरी गर्ने पाण्डु चौहान भन्ने व्यक्तिको केही दिन अघि निधन भैसकेको छ । पुलिसमा दिएको किटानी जाहेरीमा चौहानले दशरथले नै कागती चोरेको बताएका थिए । चोरी लगत्तै दशरथ फरार भएको थियो र पुलिसले उसलाई जत्ति खोजेपनि भेट्टाउन सकेको थिएन ।

यो वर्षको सुरुवातमै पुलिसले कलाबुर्गी जिल्लामा पूराना मुद्दा मामिला फस्र्यौट गर्ने अभियान सुरु गर्यो । उक्त कागती चोरीको मुद्दाका अभियुक्त दशरथलाई पक्रेर बुझाउनेलाई नगद पुरस्कार दिने घोषणा पनि गर्यो । पुलिसको विशेष टिमले अभियुक्तको खोजी गर्दा दुइ महिनापछि कलाबुर्गी नजिकैको सुल्तानपुर गाउँमा दशरथ पराडी नामका व्यक्ति भएको पत्ता लगायो ।

त्यसपछि सादा पोषाकमा प्रहरी उक्त गाउँमा पुगेर दशरथसँग सोधपुछ गर्दा उसले सन् १९७६ मा आफु गोला गाउँमा बस्ने गरेको र आफुले नै कागती चोरेको कुरा स्विकार गर्यो । आफुले चोरेका कागती अफजलपुरमा लागेको एक मेलामा लगेर बेचेको पनि उसले खुलासा गर्यो ।

वि.सं.२०७२ चैत ६ शनिवार १३:५७ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...