back

प्रधानमन्त्री ओली आज चीन जाँदै

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली ८ दिने औपचारिक चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्। प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा ८ दिने चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन्।  बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर्ड विमानबाट ९० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, उद्योगी–व्यापारी र केही पत्रकार रहेकोे परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्ने छन्। प्रधानमन्त्री ओली चीनको जनबृहत् प्रेक्षालयमा आयोजना हुने स्वागत समारोहमा चैत ८ गते सरिक हुने छन्। त्यसपछि उनले आफ्ना समकक्षी लीसँग भेटवार्ता गर्नेछन्। लीसँगको औपचारिक वार्तापछि दुई देशवीच  द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने छ।

चैत ८ गते नै प्रधानमन्त्री लीले प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा गर्ने दिवाभोजमा सरिक हुने कार्यक्रम छ।  प्रधानमन्त्री ओलीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै चैत ९ मा चीनका लागि नेपाली राजदूत डा महेश मास्केले बेइिजिङस्थित नेपाली दूतावासले गर्ने स्वागत भोजमा प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिमण्डल सरिक हुनेछ।

प्रधानमन्त्री ओलीले हेनान प्रान्तको बोआओमा हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्यः नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली चैत १४ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशितः २०७२ चैत्र ७

वि.सं.२०७२ चैत ७ आइतवार १०:१५ मा प्रकाशित

You can share this post!

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण     

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण     

वि.सं.२०८० असोज १५ सोमवार २०:२०

वासिङ्टन, १५ असोज विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक...

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

वि.सं.२०८० असोज १५ सोमवार २०:१६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन...

सानिमा रिलायन्स लाईफले १०० प्रतिशत विलम्ब शुल्क छुट दिने

सानिमा रिलायन्स लाईफले १०० प्रतिशत विलम्ब शुल्क छुट दिने

वि.सं.२०८० असोज १५ सोमवार २०:०७

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखकालागि शत...

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

वि.सं.२०८० असोज १५ सोमवार २०:०१

अमेरिका । आर्ट अफ लिभिङ संस्थाले सेप्टेम्बर २९ देखि अक्टोबर...

बागमती प्रदेशले अस्थायी दरबन्दीलाई स्थायी गर्ने

बागमती प्रदेशले अस्थायी दरबन्दीलाई स्थायी गर्ने

वि.सं.२०८० असोज १५ सोमवार १९:५४

मकवानपुर, १५ असोजः बागमती प्रदेश सरकारले विभिन्न २१ वटा निकायमा...

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

वि.सं.२०८० असोज १५ सोमवार १८:०१

काठमाडौ, १५ असोज : सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र...