back

आयो २५ करोड रुपैयाँ बराबरको बचतपत्र, आजैबाट आवेदन दिन मिल्ने

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुका लागि लक्षित गर्दे २५ करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार बचतपत्रको लागि आजबाट आवेदन खुला गरेको छ । सो बचतपत्रमा लगानीगर्न चाहनेले वार्षिक ९ प्रतिशत ब्याज पाउँनेछन् । यो हाल बैक तथा वित्तीय संस्थाले दिने व्याजभन्दा झण्डै ३ गुणा बढी हो ।

वैदेशिक रोजागारीमा गएका कामदारहरुको रकम संकलन गर्ने उद्देश्य अनुरुप उक्त बचतपत्र निष्काशन गरेको हो । बचतपत्रमा लगानी गर्नेलाई ६र६ महिना व्याज भुक्तानी दिइने छ । बैदेशिक रोजगारीमा कार्यरत र घर फर्किएको चार महिना ननाघेका कामदारले उक्त बचतपत्रमा लगानी गर्न सक्नेछन् । जसमा घटीमा ५ हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सिमा नवढाइ ५ हजारले भागगर्दा निशेष जाने रकम हाल्न सकिने छ ।

सो बचतपत्रको लागि आजदेखि यही चैत २४ गतेसम्म प्रभु बैंक, प्रभु मनि टान्सफर, आइएमइ, सिटी एक्सप्रेस मनि टान्सफर, सेञ्चुरी बैंक, सानिमा बैंक, सनराइज बैंक र सेवा रेमिटका प्रतिनिधि कार्यालय एवं एजेन्टबाट बचतपत्रको आवेदन दिन सकिने छ । बचतपत्र भर्नका लागि राहदानी, कार्यरत मुलुकको भिसा, २ प्रति पासपोर्ट साइजको फोटो, कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्र, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणका रुपमा विदेशी मुद्रा सटही रसिदको भौचरसहित आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

७ चैत २०७२, १२.००

वि.सं.२०७२ चैत ७ आइतवार १४:१४ मा प्रकाशित

You can share this post!

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

वि.सं.२०८० असोज ५ शुक्रवार १६:५३

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर...

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

वि.सं.२०८० असोज ५ शुक्रवार १६:४०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड...

सिटिजन्स क्यापिटल र खानी खोला हाइड्रोपावर कम्पनी बीच सम्झौता

सिटिजन्स क्यापिटल र खानी खोला हाइड्रोपावर कम्पनी बीच सम्झौता

वि.सं.२०८० असोज ५ शुक्रवार १६:३०

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी...

साहसिक पर्यटनलाई लक्षित गर्दै चिनियाँ ब्राण्ड ‘होम्तो’ नेपालमा   

साहसिक पर्यटनलाई लक्षित गर्दै चिनियाँ ब्राण्ड ‘होम्तो’ नेपालमा   

वि.सं.२०८० असोज ५ शुक्रवार १६:२१

काठमाडौँ, ५ असोज : नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु...

भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने   

भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने   

वि.सं.२०८० असोज ५ शुक्रवार १६:१३

रमेश लम्साल काठमाडौँ, ५ असोज : नेपाल र भारतबीचका प्रसारण...

काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन   

काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन   

वि.सं.२०८० असोज ५ शुक्रवार १६:०६

काभ्रेपलाञ्चोक, ५ असोज : काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा...