
रुपन्देही । निर्माण सामग्री, कोइला र इन्धन अभावमा उत्पादन ठप्प भएका इट्टा उद्योग नाकाबन्दी खुलेसँगै तङ्ग्रिन थालेका छन् । अहिले व्यवसायीहरू नाकाबन्दीको समयमा उत्पादन गरेका करीब २ करोड काँचो इँटा पोल्न व्यस्त छन् ।
तवर्ष एउटा उद्योगले करीब १ करोड २५ लाख मूल्यबराबरका इँटा उत्पादन गर्ने गरेका थिए । असोजदेखि वैशाखसम्मलाई इँटा उत्पादन गर्ने सिजन मानिन्छ । इन्धन अभावले विकास निर्माणका काम ठप्प हुँदा उत्पादित इँटा पनि विक्री हुन सकेका छैनन् ।
भारतको अघोषित नाकाबन्दीले उद्योग बन्द भएर घर फर्किएका मजदूर अझै काममा फर्किएका छैनन् । जिल्लाका अधिकांश इँटा उद्योगमा कार्यरत मजदूर भारतीय छन् । यस वर्ष ३० प्रतिशतले इँटा उत्पादनमा कमी आउने बताइएकोछ ।
७ चैत २०७२, ३.००
वि.सं.२०७२ चैत ७ आइतवार १५:१९ मा प्रकाशित