
काठमाण्डौं । आज हप्ताको पहिलो दिन बजार १७ दशमलव ४० अंकले बढेको छ । बजारमा सवै समुहको परिसुचक हरियो हुँदा अन्तत नेप्से परिसुचक १ हजार ३ सय ४३ दशमलव ९३ अंकमा पुगेर रोकिएको छ ।
आज सबैभन्दा बढी बीमा समुहको परिसुचक ३ सय १६ अंकले उकालो लागेको छ । यसैगरी बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ८ अंकले बढ्न पुगेको छ । जलविद्युत् समुह ७२ अंकले बढ्दा होटल समुह १८ अंकले बढ्न गएको छ ।
बजारमा सवैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर करोवार बढी भएको छ । उक्त कम्पनीको ९ करोड ९३ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । यसैगरी नेशनल हाइड्रोपावरको ७ करोड रुपैयाँको सेयर कारोवार भएको छ भने नेपाल बैंक पनि साढे ५ करोड रुपैयाँ बरावर हुँदै तेस्रो स्थानमा रहेको छ ।
आज दिनभर कुल १ सय १२ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल ८९ करोड ९७ लाख रुपैयाँ बरावरको १९ लाख २५ हजार कित्ता सेयर कारोवार भएको छ ।
७ चैत २०७२, ३.००
वि.सं.२०७२ चैत ७ आइतवार १६:०० मा प्रकाशित