back
NMB ad

अन्तर्राष्ट्रिय विमानस्थल र द्रुत मार्ग आफै बनाउन सरकारलाई निर्देशन

Kumari bank ad

काठमाण्डौ। व्यवस्थापिका–संसद्, अर्थ समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–तराई मधेस द्रुत मार्ग सरकार आफैले निर्माण गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका ती दुवै परियोजना नेपाली लगानी र सीपमा नै निर्माण गर्नुपर्नेमा जोड दिँदै तत्काल प्रक्रिया सुरु गर्नसमेत सरकारलाई निर्देशन दिएको हो ।

आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रको अधिकतम हितलाई केन्द्रमा राखी सरकार आफैँले आर्थिक स्रोत व्यवस्थापन गर्न समेत समितिले निर्देशन दिएको सभापति प्रकाश ज्वालाले जानकारी दिए ।

विमानस्थलको डिजाइन र लागत अनुमान, जग्गा अधिग्रहण, पुनःर्वासको व्यवस्था, विमानस्थल क्षेत्रभित्र रहेका रुखको व्यवस्थापन लगायतका विषयमा तत्काल निर्णय गरी छिटो छरितो र पारदर्शी ढङ्गबाट आधुनिक प्रविधियुक्त विमानस्थलको निर्माण कार्य तत्काल अगाडि बढाउन नेपाल सरकार, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समितिले निर्देशन गरेको छ ।

विमानस्थल निर्माणको लागि चार किल्ला निर्धारण भइसकेको अवस्थामा जग्गा अधिग्रहण, बस्ती व्यवस्थापन र निर्माणस्थल तयार पार्ने क्रममा पुगेको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ज्यादै व्यस्त हुनुका साथै ठूला विमान अवतरणमा समेत कठिनाइ भइरहेको अवस्थामा सबै किसिमका विमान उडान र अवतरण हुनसक्ने अत्याधुनिक विमानस्थलको रुपमा निजगढलाई प्रस्ताव गरिएको हो ।

विमानस्थल निर्माण भएको खण्डमा मुलुकको पर्यटकीय गतिविधि अभिवृद्धि हुनुका साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत महत्वपूर्ण योगदान दिन सक्नेछ । यो आयोजना अगाडि बढाउनका लागि सरकारले आव २०७१/७२ देखि बजेट विनियोजन गरेको हो । तर कुन प्रक्रियाका आधारमा विमानस्थल निर्माण गर्ने भन्ने सन्दर्भमा भने हालसम्म ठोस निर्णय हुन सकेको छैन ।

परियोजनाका लागि सरकारले आव २०७१/७२ र २०७२/७३ मा रु ५०/५० करोड बजेट उपलब्ध गराएको थियो । अघिल्लो सरकारले विमानस्थलको चार किल्ला कायम गर्ने निर्णय गरेर निर्माण प्रक्रिया सुरु गर्ने प्रारम्भिक कामको सुरुवात गरेको थियो । सरकारले सो आयोजनालाई निर्माण, स्वामित्व, सञ्चालन र स्वामित्व (बुट) अवधारणाअनुसार अगाडि बढाउने जनाउँदै आएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार भइसकेको अवस्थामा लगानी बोर्डमार्फत आयोजना अगाडि बढाउने वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै काम गर्ने भन्ने विषयमा समेत केही समय विवाद देखिएको थियो । निर्माण सुरु गर्न आधारभूत रुपमा पहुँच मार्ग निर्माणको काम सुरु गर्न वन कटानमा देखिएको समस्या समाधान गर्नुपर्ने देखिएको छ ।

कोरियाली कम्पनी एलएमडब्ल्युले २०६६ फागुनमा रु ३६ करोड लागतमा विमानस्थलको पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन समेत तयार पारेको थियो । सो अध्ययनअनुसार आयोजनाको लागत रु ३५ अर्ब ५१ करोड लाग्ने जनाइएको थियो । सन् २०११ को अन्त्यबाट निर्माण सुरु गर्ने र सन् २०१५ मा सम्पन्न गर्ने विगतमा लक्ष्य राखिएको भए पनि सरकारी चासोको अभावमा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन । विमानस्थल निर्माणपछि सन् २०३० सम्म छ करोड यात्रु भित्र्याउने लक्ष्य राखिएको छ ।

चालु आवमा विनियोजन गरिएको रु ५० करोड रकम गढीमाइ नगरपालिकामा पर्ने टाँगी बस्ती स्थानान्तरणमा खर्च गरिने उनको भनाइ छ ।

७ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत ७ आइतवार १६:४२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...