काठमाण्डौं । प्रधानमन्त्री केपी ओली चीनले एक महिना अघिनै नेपालको पेट्रोलियम र ग्यास खानीको सम्भाब्यता अध्ययनका लागि दुई देशबीच पठाएको सम्झौता प्रस्तावलाई स्वीकार गरेका छन् ।
चीनलाई नेपालमा पेट्रोलियम र ग्यास खानीको सम्भाब्यता अध्ययन गर्न अनुमति दिने विषयमा आज सोमबार संझौता भएको छ। संझौतामा अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका हुन् ।
एक महिना अघि चीनले पठाएको सो प्रस्तावलाई उद्योग मन्त्रालयले खानी तथा भुगर्व विभागका महानिर्देशक सर्वजीत यादबलाई बोलाएर छलफल गरेको थियो । उनीसँगको छलफलपछि सम्भाब्यता अध्ययनको सम्झौंतालाई अघि बढाउने सहमति बनेको हो ।
८ चैत २०७२, ११.००
वि.सं.२०७२ चैत ८ सोमवार १२:०६ मा प्रकाशित