back

राजकुमार ह्यारीको ‘डिनर’ लोकल कुखुरा र कोदोको ढिंढो

Kumari bank ad

लमजुङ । बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड आज जिल्लाको गौंडामा बास बस्ने तय भएपछि उनका लागि साँझको खानामा कोदोको ढिंढो र दुईवटा लोकल कुखुरा तयार पारिएकोछ ।

गौँडा–७, लेउरानीस्थित ८७ वर्षीया मंगली तामाङको घरमा ह्यारीले आज बास बस्नेछन् । उनका लागि मंगलीको एक तले घरमा रातीका लागि भने ओछ्यान पनि तयार पारिएको छ । साथै ह्यारीसँगै आउने पाहुनाहरुका लागि भनेर घर नजिकैको चउरमा टेन्ट पनि गाडिसकिएकोछ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत गौँडा–४, भीरकुनामा ओर्लिसकेका ह्यारीले साँढे १ घण्टाको बाटो ट्रेकिङ गरी लेउरानी पुग्नेछन् । साँझ सूर्यास्त हेरेपछि स्थानीयले प्रदर्शनले गर्ने सँस्कृतिक कार्यक्रममा पनि उनी सहभागी हुनेछन् । त्यसपछि मंगलीको परिवारसँगै खाना खाएर त्यही घरमा उनी बास बस्नेछन् ।

चैत ८, २०७२, ४.३०

वि.सं.२०७२ चैत ८ सोमवार १७:२३ मा प्रकाशित

You can share this post!

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

वि.सं.२०८० मंसिर १८ सोमवार १२:५३

काठमाडौं । ललितपुर स्थित झम्सिखेल स्थित प्रधान कार्यालय रहेको यस...

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

वि.सं.२०८० मंसिर १८ सोमवार १२:४५

मेडक, १८ मङ्सिर : भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

वि.सं.२०८० मंसिर १८ सोमवार १२:२२

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड भोली हुने ...

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

वि.सं.२०८० मंसिर १८ सोमवार १२:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उन्नती सहकार्य लघुवित्तको...

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

वि.सं.२०८० मंसिर १८ सोमवार ११:५९

सिमकोट, (हुम्ला) १८ मङ्सिर : हुम्लामा आज बिहानैदेखि हिमपात सुरु...

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

वि.सं.२०८० मंसिर १८ सोमवार ११:४९

काठमाडौं । पिपुल्स पावर कम्पनीले हकप्रद निष्कासन गर्ने निर्णय गरेको...