back

किसानले अब कृषि परिचयपत्र पाउने

नवलपरासी । जिल्ला कृषि विकास कार्यालय नवलपरासीले किसानलाई लक्षित गरी कृषि परिचयपत्र वितरण गर्ने भएको छ ।
यो परिचयपत्रबाट गरिब, विपन्न तथा भूमिहीन कृषि पेसा अँगालेका किसान लाभाविन्त हुने अपेक्षा गरिएको छ । परिचयपत्र पाएका किसानले आवश्यक पर्ने कृषि सामग्री तथा अन्य अनुदान सेवासुविधा सहुलियत दरमा पाउनेछन् ।

किसानलाई विधिवत् रुपमा परिचयपत्र दिने तयार गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए । सरकारले तोकेको कृषियोग्य जमिनमा परिवारिक, सामूहिक, सामुदायिक तथा सहकारी खेती गर्ने किसानलाई कृषि उत्पादनका लागि दिइने अनुदान परिचयपत्रका आधारमा उपलब्ध गराइनेछ । अधिया कमाउनेलाई पनि स्थानीयवासीको सिफारिसमा परिचयपत्र उपलब्ध गराइने प्रमुख गैरेले बताए ।

परिचय पत्र लिनका लागि किसानले कृषि विकास कार्यालयमा निवेदन, लालपुर्जा, नागरिकता, गाविस सिफारिस, भाडा वा भोगचलनका लागि गरिएको सम्झौतापत्रको फोटोकपी बुझाएर मात्र परिचयपत्र पाउने कार्यालयले जनाएको छ । आव २०७२/७३ मा कुल ६ हजार जना किसानलाई परिचयपत्र वितरण गरिने कार्यालयले जनाएको छ ।

प्रकाशितः २०७२ चैत्र १०

वि.सं.२०७२ चैत १० बुधवार १०:५२ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...