
काठमाण्डौं । नाकाबन्दीमा गरेको कार्य सम्पादनको मूल्यांकन गर्दै सरकारले एसटीसी ग्यासको मासिक कोटा दुई गुणाले बढाउने भएपछि अब खाली सिलिण्डर बुझाएको दुई दिनमै भरी सिलिण्डर ग्याँस पाइने भएको छ ।
नाकाबन्दीपछि बजारमा सरकारी ग्यास कम्पनीको उपस्थितिलाई बलियो बनाउनुपर्ने भन्दै नेपाल आयल निगमले एसटीसी ग्यासको कोटा बढाएको हो । एसटीसी ब्राण्डको ग्यास सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको हो ।
यसअघि मासिक ४ सय ७८ टन ग्यास पाउने साल्ट ट्रेडिङले अहिले मासिक १ हजार ८ टन पाउन थालेको छ । महिनामा करिब ३३ हजार सिलिन्डरमा ग्यास भर्दै आएको एसटीसीले कोटा बढेपछि झण्डै ७० हजार सिलिन्डरमा ग्यास भर्नेछ ।
१० चैत, २०७२, ९.००
वि.सं.२०७२ चैत १० बुधवार ११:३७ मा प्रकाशित