back

बिग्रेको घडीको मूल्य ८० लाख

Kumari bank ad

घडीको काम नै समय देखाउनु हो । यो बिग्रिसकेपछि यसको के काम रु फ्याँक्नु नै एकमात्र विकल्प हो ।

पुनः मर्मत गरेर लगाउन मिल्नेगरी बिग्रेको घडीको भने पसलमा धेरथोर भाउ मिल्ला । तर एउटा बिग्रेको घडीको मूल्य ८० लाख रुपैयाँ पर्छ भनेर कसैले पनि पत्याउन सक्दैन ।

यहीँ पत्याउनै नसकिने भाउ पाएको छ बेलायतमा एउटा बिग्रेको घडीले । मान्छेको तालुमा आलु फलेपछि कहिलेकाहीँ बिग्रेको घडीले पनि मालामाल बनाउँदो रहेछ । एक बेलायती आफ्नो बिग्रेको घडीबाटै लखपति बन्न सफल भए ।

बेलायतको चेशायरका नियाल विलियम्स नामका एक व्यक्तिले आफ्ना मृतक बुवाले घरको घर्रामा राखेको उक्त बिग्रेको घडी लिलाम गर्दा सोँच्दै नसोँचेको मूल्य पाएका छन् ।

बिग्रेर बन्द भएको यो घडी दोश्रो विश्वयुद्धको समयको घडी रहेको पत्ता लागेको छ । उक्त घडी दोश्रो विश्वयुद्धमा इटालियन सामुद्रिक सेना बोक्ने जहाजका ड्राइभरलाई दिइएको थियो ।

घरमा सफाइ गर्दा मृतक बुवाका सरसामान राखेको घर्रामा फेला पारेको उक्त घडीलाई उनले कार बूट सेलमा लगेका थिए । जहाँ उक्त घडी ५५ हजार ६ सय ६० पाउण्डमा बिक्रि भयो । इटालियन कम्पनी पेनेरोयले यो घडी बनाएको हो । यो घडी सन् १९४१ देखि १९४३ बीचको समयमा बनेको हो । उक्त समयमा बनेका रोलेक्स १७ रुबिस ३६३६ घडीमध्ये यो एक हो ।

यो घडी वाटरप्रुफ हुनुका साथै यसको ठूलो तथा चम्किलो डायल अँधेरोमा पनि देखिन्थ्यो । इटालियन सेनाको गोताखोरहरुलाई समेत लगाउन दिइन्थ्यो ।

रातको समयमा पनि चम्किलो घडीमा समय देख्न पाउन् र सेनाले सत्रु सेनाको ठीक निसानामा बम हान्न सकुन् भनेर यो घडी वितरण गरिन्थ्यो ।

वि.सं.२०७२ चैत १० बुधवार १३:२६ मा प्रकाशित

You can share this post!

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...