back
Kumari Bank

वैदेशिक रोजगार विभागमा बयान दिँदै ल्हारक्याल लामा, के भन्दैछन् उनी ?

Nepal Bank

काठमाण्डौं । एकीकृत नेकपा (माओवादी)का निलम्बित सभासद् ल्हारक्याल लामाको अहिले वैदेशिक रोजगार विभागले बयान लिइरहेको छ। विभागका प्रवक्ता एवम् निर्देशक जनक रेग्मीले वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा लामाको अहिले बयान लिने कार्य भइरहेको जानकारी दिए।

गत फागुन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनको क्रममा बैङ्कको लकर जाँच गर्दा १४ थान गोली बरामद भएपछि उनी पक्राउ परेका थिए।

पक्राउ परेका लामालाई गोली बरामद विषयमा गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा छोडे पनि वैदेशिक रोजगारीसम्बन्धी ठगीको पुरानो मुद्दामा विभागको आग्रहमा प्रहरीले पुनः पक्राउ गरेको थियो। केशवबहादुर लामाले दुई वर्षअघि निलम्बित सांसद् लामाले वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिएर पनि नपठाएको भन्दै विभागमा उजुरी दिएका थिए।

रेग्मीले आज दिनभर लामाको बयान हुने र साँझसम्म निर्णय आउने जानकारी दिए। उनले भने, “बयान सकिएपछि धरौटीमा छोड्ने की अदालतमा मुद्दा हाल्ने निर्णय हुन्छ, सोही अनुरुप उहाँ आज रिहा हुने वा नहुने तय हुन्छ।” प्रवक्ता रेग्मीले दुई वर्षअघिनै आफूहरुले लामालाई पक्राउ गर्न प्रहरीलाई पत्र पठाए पनि आइतबार मात्रै विभागमा उपस्थित गराइएको जानकारी दिए।

१० चैत, २०७२, ३.००

वि.सं.२०७२ चैत १० बुधवार १५:३७ मा प्रकाशित

You can share this post!

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

वि.सं.२०८२ असार २० शुक्रवार ११:१३

गलकोट (बागलुङ) : जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने...

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १०:४२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद...

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:५७

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय...

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:४७

काठमाडौँ  : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन...

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३८

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३३

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...