लुम्बिनी । जिल्लामा पहिलो पटक ४५ बिघाहा क्षेत्रफलमा चैतेधान लगाइने भएपछि चैतेधान उत्पादन कार्यक्रमअन्तर्गत पूर्ण अनुदानमा किसानलाई १५ क्विन्टल बीउ वितरण गरिएको छ ।
यस वर्षदेखि धानको उत्पादनमा वृद्वि गराउन तराईका १३ जिल्लामा वृहत्तर धान उत्पादन कार्यक्रम लागु भएको छ ।
झापा, मोरङ, सुनसरी, सर्लाही, पर्सा, बारा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा कार्यक्रम लागू गरिएको छ । यसवर्ष करिब पाँच टन चैतेधान उत्पादन हुने अनुमान गरिएको छ ।
सिँचाइ सुविधा कम भएका क्षेत्रमा चैते धान राम्रो हुने हुँदा यसतर्फ किसानहरु आकर्षित भएका छन् । कार्यालयले आगामी वर्ष १०० हेक्टरमा चैतेधान लगाउने र त्यसका लागि किसानलाई एक हेक्टर क्षेत्रफलको लागि रु पाँच हजार अनुदान दिने, धान रोप्ने र गोड्ने मेसिन भित्र्याउने योजना बनाएकोछ ।
१० चैत, २०७२, ३.००
वि.सं.२०७२ चैत १० बुधवार १५:४३ मा प्रकाशित