
बेल्जियम । यहाँको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेशनमा हिजो मङ्गलबार भएको आक्रमणमा मृत्यु हुनेको संख्या ३५ पुगेकोछ । घाइते सयौं भएकाले यो संख्या बढ्न सक्ने पनि अनुमान गरिएकोछ । यो घटनालाई राष्ट्रिय शोक भन्दै यहाँ तीन दिन शोक मनाइने भएकोछ ।
सुरक्षा व्यवस्था निकै कडा पारिएको छ भने आक्रमणमा सम्लग्नको खोजी जारी भएकोछ । प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रुपमा खोजी अभियान चलाएको जनाएको छ। आक्रमण गर्ने दुई दाजुभाइ भएको पनि सार्वजनिक गरेकोछ ।
इस्लामिक स्टेट ९आइएस० जिहादी समूहले विमानस्थलमा आत्मघाती बम विस्फोट गराएको एक घण्टापछि स्थानीय समयाअनुसार करिब ९ बजे पुनः मेट्रो स्टेसनमा विस्फोटन भएको जनाइएको छ। यस विस्फोटमा परी सयौँ व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।
बेल्जियममा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउनुका साथै राष्ट्रिय शोकको घोषणा गरेको छ। आज स्थानीय समयाअनुसार बिहानको ११ बजे शोक सभाको गरी एक आयोजना गरी मिनेट मौनधारणा गरिने जनाइको छ।
१० चैत, २०७२, ३.००
वि.सं.२०७२ चैत १० बुधवार १६:०५ मा प्रकाशित