back

दुई करोड १९ लाख ठगेको आरोप लागेका लारक्याल ३० लाख बुझाएर छुटे

Nepal Bank

काठमाण्डौं । एमाओवादी सांसद ल्हारक्याल लामा ३० लाख धरौटीमा छुटेका छन्। वैदेशिक रोजगार विभागले लामासँग् ठगीको मुद्दामा ३० लाख धरौटी मागेपछि बुझाएर लामा छुटेका हुन् । लामालाई आज दिनभर वैदेशिक रोजगार विभागले बयान लिएको थियो । विभागका तर्फबाट कानुन अधिकृत सचित वाइवाले बयान लिएका थिए।

अपरच्युनिटी म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले लामासहित फुर्वा लामा र तिरिङडोल्ला लामाविरुद्ध २०६९ भदौमा उजुरी दिएका थिए। ल्यारक्यालले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको तीन सय २० जनाको कोटा ल्याइदिने भन्दै पटक-पटक गरी दुई करोड १९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभागमा उजुरी परेको थियो।

वैदेशिक रोजगारबाट छुटेपछि लामाले आफूलाई सुनुयोजित रुपमा फसाएको र यस बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए। लामाको लकरमा १४ थान गोली भेटिएपछि गत फागुन ३० गते उनी पक्राउ परेका थिए। ६६ हजार ७ सय धरौटीमा छुटेका लामा वैदेशिक रोजगारमा ठगी गरेको मुद्दामा फेरि पक्राउ परेका थिए।

१० चैत, २०७२, ४.३०

वि.सं.२०७२ चैत १० बुधवार १६:५२ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...