
काठमाण्डौं । केही समयअघि बेलायतका एकजना भिखारीबारे समाचार प्रकाशित भएको थियो, जसको वार्षिक आम्दानी बेलायी प्रधानमन्त्रीको भन्दा थोरै मात्र कम हुने गथ्र्यो । अहिले त्यस्तै खालको भव्य कमाइ हुने भिखारीको एउटा गिरोहबारे समाचार आएको छ।
लन्डनमा क्रियाशील सो भिखारी गिरोहमा १३ व्यक्ति रहेको समाचारमा जनाइएको छ । उनीहरूले प्रतिदिन १ सय २० युरोको हाराहारीमा मागेरै रकम जम्मा गर्ने गरेको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । उनीहरूले जति आम्दानी गर्छन्, त्यति आम्दानी बेलायतमा राम्रै जागिर हुनेले पनि गर्दैन । वर्षभरिमा उनीहरूले ४३ हजार युरोसम्म कमाउने गरेका छन् । यसरी कमाएको पैसाबाट उनीहरूले आलिशान महलसमेत खरिद गरेका छन्, समाचारमा भनिएको छ ।
यी पेशेवर भिखारीहरूले सडकमा बसेर बटुवासँग भोकले मर्न लागेको छु, खाना ख्वाउनुस् भनी गुहार गर्छन् । उनीहरूलाई रेस्टुरेन्ट लगेर खुवाउने फुर्सद नहुने भएकाले बटुवाहरूले पैसा दिएर जाने गर्छन् । घरबाटै खाना खाएर माग्न निस्किने उनीहरूले पैसा बचत गर्ने गरेका छन्, समाचारमा भनिएको छ ।
प्रकाशितः २०७२ चैत्र ११
वि.सं.२०७२ चैत ११ बिहीवार १४:२७ मा प्रकाशित