
काठमाण्डौं । दक्षिण अमेरिकाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बराक ओबामाले अर्जेन्टिनाको राजधानी ब्युनसएरिसमा अर्जेन्टिनी राष्ट्रपति माउरिसियो माक्रीले उनको सम्मानमा दिएको रात्री भोजमा ट्यांगो डान्स गरेका छन् ।
युरोपको राजधानी ब्रसेल्समा भएको आक्रमण पश्चात अमेरिका फर्कन उनलाई निकै दबाब रहेपनि बुधबार रातीको रात्रीभोजमा उनी एक युवतीसँग नाचेका थिए । उनको पत्नी मिचेल ओबामा पनि सरिक भएर अर्को डान्सरसँग नाचेकी थिइन् ।
ब्रसेल्स जलिरहेकोबेला उनी नाचे भनेर ओबामाको आलोचना पनि भइरहेको छ । (भिडियो हेर्नुहोस्)
वि.सं.२०७२ चैत ११ बिहीवार १५:४७ मा प्रकाशित