back

१७ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग चलाउने सेनाको प्रस्ताव

काठमाडौं । नेपाली सेनाले करिब १७ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको छ। भएकै पूर्वाधार मर्मत संभार गरेर सञ्चालन गर्न सेनाले रक्षा मन्त्रालयमार्फत उद्योग मन्त्रालय समक्ष प्रस्ताव पेश गरेको हो।
सेनाले प्रारम्भिक अध्ययन गरी जिम्मेवारी पाएमा मर्मतपछि सञ्चालन गर्ने निष्कर्ष निकाल्दै उद्योग सञ्चालनको प्रस्ताव गरेको हो । सेनाको सैनिक सामग्री उत्पादन निर्देशनअन्तर्गतको कम्पनी ‘बहुव्यवसाय उद्योग’ले कारखाना सञ्चालन गर्ने तयारी हो । यो कम्पनी सैनिक कल्याण कोषको रकमबाट सञ्चालित छ। ‘संगठनलाई आवश्यक सामग्री उत्पादन गर्न सकिन्छ भनेर प्रस्ताव अघि बढाइएको हो,’ सेनाका सहायक रथी तथा प्रवक्ता ताराबहादुर कार्कीले भने।

बन्द हेटौडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ। उक्त उद्योग नेपाल र चीन सरकारको सयुक्त लगानीमा २०३२ मा स्थापना भइ २०३५ देखि कपडा उत्पादन गर्दै आएको थियो। विभिन्न कारणले ०५६ फागुनबाट बन्द यस उद्योगको वार्षिक क्षमता २३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता थियो।

०६९ माघ १२ को मन्त्रिपरिषद बैठकले हेटौडा कारखानाको सम्पत्ति शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशितः २०७२ चैत्र १२

वि.सं.२०७२ चैत १२ शुक्रवार १०:३४ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...