काठमाण्डौं । नबिल बैंकको संस्थापक लगानीकर्ता एनआईडिसी डेभलपमेन्ट बैंकले नबिल बैंकको २२ करोड रुपैयाँको सेयर विक्री गर्ने भएको छ । यो डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको एक लाख ६२ हजार नौ सय ८१ कित्ता सस्थापक सेयर विक्री गर्न लागेको हो ।
सरकारी स्वामित्वको एनआईडिसी डेभलपमेन्ट बैंकले नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ गर्न नपाउने व्यवस्था गरेपछि सेयर विक्री गर्न लागेको हो । बैंकले प्रतिकित्ता न्युनतम एक हजार तीन सय ५३ रुपैयाँमा सेयर विक्री गर्न लागेको हो । बजारमा चलेको भन्दा दुई सय रुपैयाँ कममा सेयर बेच्न प्रस्ताव गरिएको हो ।
डिम्याट खाता भएका लगानीकर्ताले मात्रै सेयर आवेदन दिन पाउनेछन् ।
१२ चैत २०७२, ९.००
वि.सं.२०७२ चैत १२ शुक्रवार ११:०६ मा प्रकाशित