
काठमाण्डौं । आयल निगमले केही दिनभित्रै खाना पकाउने ग्यासको अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य बढ्दा बढ्ने र घट्दा घटाउने स्वचालित मूल्यका लागि आपूर्तिमन्त्रालयसँग राय मागेर कार्यान्वयनमा ल्याउने भएकोछ ।
स्वचालित मूल्य कार्यान्वयनमा आएमा महिनैपिच्छे ग्यासको मूल्य घटबढ हुनेछ । केही दिनभित्रै ग्यास स्वचालित मूल्यमा ल्याएमा उपभोक्ताले एक सिलिन्डर ग्यास १० रुपैयाँ सस्तोमा पाउनेछन् । तर अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्नासाथ उपभोक्ताले पनि सोही अनुसार ग्याँस किन्नुपर्ने हुन्छ । जसले गर्दा उपभोक्ता मारमा पर्न सक्ने देखिएकोछ ।
झन्डै डेढ वर्ष अघिदेखि अन्य पेट्रोलियम पदार्थमा स्वचालित मूल्य कार्यान्वयनमा ल्याएपनि ग्यासमा ल्याएको थिएन ।
१२ चैत, २०७२, ११.००
वि.सं.२०७२ चैत १२ शुक्रवार ११:३९ मा प्रकाशित