
काठमाण्डौं । राहदानी नाम चलचित्रको बिग मुभिजमा भएको विशेष शोमा अतिथि बन्न पुगेका मन्त्री हरिबोल गजुरेल चलचित्र हेरेर रोएपछि अहिले चलचित्र सहित मन्त्री चर्चामा आएका छन् ।
डब्बु क्षेत्रीको निर्देशनमा बनेको चलचित्रमा ऋण काढेर पालेको गाई मरेपछि विभिन्न समस्या उत्पन्न भएको कथा देखाइएको छ। चलचित्र बारे काष्ठमण्डप टेलिभिजनले प्रतिक्रिया लिँदै गर्दा मन्त्री गजुरेल भक्कानिएका थिए।
टेलिभिजनको क्यामेरा अगाडि प्रतिक्रिया दिँदै गर्दा उनी सुरुमा भक्कानिए, त्यसपछि दुवै हातले अनुहार छोप्दै केही समय बसे। त्यसपछि फेरि हात निकालेर रोएको अनुहार क्यामेरामा देखाए। उनको यो प्रतिक्रियाले मन्त्रीसँगै रहेका सहयोगी र सुरक्षाकर्मी त्यतिबेला अक्क न बक्क परेका थिए।
१२ चैत, २०७२, ११.००
वि.सं.२०७२ चैत १२ शुक्रवार ११:५५ मा प्रकाशित