
काठमाडौं। जर्मन सांसदहरूको टोलीले भूकम्पपीडितलाई पठाएको अनुदान फिर्ता गर्ने चेतावनी दिएको छ । जर्मन संसद्को आर्थिक सहयोग तथा विकास समितिकी अध्यक्ष डाग्मर जी ओर्डले यस्तो चेतावनी दिएकी हुन् ।
पाँचदिने नेपाल भ्रमण सकेर शनिबार स्वदेश फर्किनुअघि पत्रकारहरूसँगको अन्तरक्रियामा उनले पुनर्निर्माण प्रभावकारी नभएको, सत्य निरुपण र बेपत्ता आयोग प्रभावकारी नभएको, स्थानीय निर्वाचन तत्काल गर्नुपर्ने बताएकी थिइन् ।
प्रतिनिधिमण्डलले राष्ट्रपति विद्या भण्डारीसहित उच्च सरकारी अधिकारीसँग भेटवार्ता गरेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छन् ।
प्रकाशितः २०७२ चैत्र १४
वि.सं.२०७२ चैत १४ आइतवार १०:१८ मा प्रकाशित