back

विद्यालयका कार्यक्रम प्रतिबन्धित, १६ बुँदे सुर्कलर जारी

काठमाण्डौं । शिक्षा विभागले स्कूलका कार्यक्रमहरुलाई व्यवस्थित गर्नका लागि कार्यक्रम अवधिभर गर्न नपाइने भन्दै १६ वटा कामहरुको सूचि निकालेपछि अब विद्यालयमा आयोजना हुने कार्यक्रमहरुमा प्रतिबन्ध लाग्ने भएकोछ ।

चैत १० गते निर्णय गरी सामुदायिक विद्यालय व्यवस्थित शाखा सानोठिमीले जारी गरेको यी कामहरुमा मञ्चमा अति कम मानिस मात्र बस्ने ब्यवस्था मिलाउनुपर्नेछ र को कहाँ बस्ने पहिले नै निर्धारण गर्नुपर्नेछ। अतिथिहरु कार्यक्रम सुरु नहुँदै मञ्चमा पुगिसक्नुपर्नेछ र उनीहरुलाई एकमुष्ट आसन ग्रहण गराउनुपर्नेछ। यसका साथै, कार्यक्रम सुरु भएपछि अविरल आसनग्रहण नगराउने, हाम्रो आसनग्रहणको क्रम यसपछि पनि जारी रहनेछ भन्दै कार्यक्रमको समापन चरणसम्म आसनग्रहण नगराउने भन्ने उल्लेख छ ।

त्यस्तै प्रमुख अतिथि नआइपुगेपनि कार्यक्रम तोकिएको समयमा गर्नुपर्नेछ, बरु उद्घाटन भने प्रमुख अतिथि आएपछि गराउने निर्णयमा कार्यक्रम संचालन गर्ने बताएको छ । कार्यक्रम सञ्चालकले भाषण गर्ने, वक्ताले बोलेका कुराको ब्याख्या र संक्षेपीकरण गर्न पनि पाउनेछैनन्। त्यस्तै स्वागत मन्तव्य दिनेले बाहेक अरु वक्‍ताले संबोधन पनि गर्नुपर्ने छैन।

कार्यक्रमहरुमा प्रमुख अतिथि र विशेष अतिथिको गरी दुई थरी मात्र ब्याच बनाउनुपर्नेछ। ब्याच वितरण गर्दा महिला अतिथिलाई छात्राले र पुरुष अतिथिलाई छात्रले हातमा दिनुपर्नेछ ।

अतिथिको स्वागतका लागि पञ्चकन्या प्रयोग गर्न पनि नपाइने भएको छ । त्यस्तै बालबालिकाहरुलाई कार्यक्रम स्थल जाने बाटोदेखि नै लाइन राखेर ताली बजाउने र फूलमाला दिने गराउन पनि नपाइने भएको छ। निर्णयमा भनिएको छ ुप्रमुख अतिथि तथा अतिथिका स्वागतका लागि पञ्चकन्या प्रयोग नगर्ने, बालबालिकालाई कार्यक्रमस्थल जाने बाटोदेखि नै ताली बजाउने र फूलमाला दिने काममा नलगाउने।ु

प्रमुख अतिथिको स्वागतका लागि धेरै माला लगाइदिन पनि नपाइने भएको छ। त्यसको सट्टा गाउँमा नै पाइने फूलको गुच्छा दिनुपर्नेछ। खादा प्रयोगमा पनि बन्देज लगाइएको छ। सांस्कृतिक कारणले खादा प्रयोग गर्नुपरेमा त्यसमा प्रयोग भएको भाषा सबैले बुझ्ने हुनुपर्नेछ। प्रमुख अतिथि,विशेष अतिथि चाँडै जानुपर्ने भएमा उनीहरुको बिदाई गर्न लाइन लाग्न नपाइने पनि उल्लेख गरिएको छ।

विभागले विद्यालयको वार्षिक कार्यक्रम दुई चरणमा गर्न आग्रह गरेको छ। विद्यालयको प्रगति विवरण, आयव्य विवरण, शुभकामना मन्तब्य,पुरस्कार वितरण,सम्मान जस्ता कार्यक्रम २ घण्टाभित्र सक्नुपर्नेछ।

प्राज्ञिक कार्यक्रम सकिएपछि विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने सांस्कृतिक कार्यक्रम गर्नुपर्नेछ। यसमा देशको मौलिक संस्कृति झल्किने नाचगान, बालगीत, लोकगीत, राष्ट्रिय गीतमा मात्रनाचगान गर्न पाइनेछ। उत्ताउलो फिल्मी गीत, पप गीतमा नचाउन पनि नपाइने उल्लेख गरिएको छ।

बिभागको चैत १० गतेको बैठकले आसन ग्रहण र बसाइ ब्यवस्थापन गर्ने, कार्यक्रम सञ्चालन, अतिथिको स्वागत र बिदाइ गर्ने तरिका सहितको सुझाव क्षेत्रीय शिक्षा निर्देशनालय मार्फत जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुमा पठाएको हो।

१४ चैत, २०७२, ९।००

वि.सं.२०७२ चैत १४ आइतवार ११:४४ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८० असोज ७ आइतवार १६:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...