
काठमाण्डौं । पर्यटकीय गन्तब्यहरुको खोजि, पहिचान र प्रबद्र्धनका लागि एक हप्ते यात्रा गरेको सोट्टो नेपालले लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर त्यहाँको यात्रालाई रिडी हुँदै रानीमहलसम्म घुम्ने एक हप्ते प्याकेजका रुपमा अगाडि बढाउने निश्कर्ष निकालेकोछ ।
लुम्विनी घुम्ने चाहना राखेर आउने पर्यटकहरुले एक दिनमै सो क्षेत्र घुमेर सकिएपछि उनीहरुको बसाइँ छोटो हुने भएकाले नजिकका सम्भावित क्षेत्रहरुको अध्ययन गरेर फर्किएको टोलीले यस्तो निश्कर्ष निकालेको हो । लुम्विनी तथा स्वर्गद्धारी आउने पर्यटकलाई अर्घाखाँचीको सुपादेउराली–नरसिंह स्थान, गुल्मीको रिडी रेसुङ्गा र पाल्पाको रानीमहलसम्म पुर्याउन ५ रात ६ दिनको प्याकेज बनाउन पहल गर्नेतर्फ भ्रमण केन्द्रित भएकोछ भने यसका लागि स्वर्गद्धारीमा रिसोर्ट लगायतका पूर्वाधारहरु बनाउनुपर्ने पनि बताइएकोछ ।
लुम्विनीसंग नजिक रहेका प्राकृतिक, सांस्कृतिक, धार्मीक र ऐतिहासिक स्थलहरुको पहिचान गर्नुपर्ने बताइएकोछ । यसका लागि नजिकै रहेको सिद्धवावा क्षेत्रमा रक क्लाइम्विङ, तिनाउमा बन्जि,साइकिलिङ, नुवाकोट र वसन्तपुरमा ट्रेकिङको प्रबन्ध गर्न सकिने उल्लेख छ । यसका साथै, गुल्मीको रिडीको महत्वलाई अझ धेरै प्रचारप्रसार गरि पूर्वाधारहरुको विकास गर्ने, रेसुडगामा पूर्वाधार विकास गर्ने, अर्घाखांचीको सुपा देउराली र नरपानी क्षेत्रमा रिसोर्ट, होम स्टे सञ्चालन गर्ने, नरपानी देखि पणेनासम्मको ट्रेकिङ रुटलाई थप ब्यवस्थित गर्ने, अर्घाखांचीकै नरसिंह स्थान जाने सडक विस्तार गरि पूर्वाधाहरुको निर्माणमा जोड दिने, प्युठानको सौतामारे क्षेत्रमा स्थानीयले बनाउन खोजेका ताल, पोखरी र होम स्टेलाई प्रोत्साहन गर्नमा जोड दिने बताइएकोछ ।
फोटो फिचर / रामेश्वर कार्की
१४ चैत २०७२ / ५:०९
वि.सं.२०७२ चैत १४ आइतवार १९:३४ मा प्रकाशित