back

एउटा कागतीको गेडा ६२ हजार रुपैयाँमा बिक्यो

Kumari bank ad

काठमाण्डौं ।  एउटा कागतीको गेडालाई कति पर्ला रु बढिमा ५।१० रुपैयाँसम्म । ५०–६० हजारमा त गाउँघरतिर लटरम्म फलेका २–३ वटा कागतीका बोट नै खरीद गर्न पाइएला ।

तर भारतमा भने कागतीको बोट होइन कागतीको एउटा गेडा नै ६२ हजार रुपैयाँमा बिकेको छ ।

भारतको तमिलनाडुस्थित बेलमपुर जिल्लामा एउटा कागती ३९ हजार भारुमा लिलाम भएको हो । स्थानीय पंगुनी उथिराम नामको एक पर्वका अवसरमा भगवानको भालामा रोपिएको उक्त कागतीको गेडा यति महंगो तथा अपत्यारिलो मूल्यमा लिलाम भएको हो ।

हरेक वर्ष हुने उक्त ११ दिने उत्सवको अन्तिम दिन भगवान मुुरुगनको भालामा लटकाइएको फलफुलको लिलामी गरिन्छ । यस्तो फल जसले किन्दछ उसलाई सम्वृद्धि प्राप्त हुन्छ र सन्तान नभएकाहरुलाई सन्तान लाभ पनि प्राप्त हुन्छ भन्ने मान्यता छ ।

जयरामन तथा अमरावती दम्पत्तिले यो कागती खरीद गरेका छन् । यो कागतीसँगै अन्य आठवटा कागती पनि लिलाम भएका छन् । सबै ९ कागती मिलाएर ५७ हजार ७ सय ७२ भारु मूल्य परेको बताइएको छ ।

प्रकाशितः २०७२ चैत्र १५

वि.सं.२०७२ चैत १५ सोमवार ११:१३ मा प्रकाशित

You can share this post!

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४६

नयाँदिल्ली, २५ मङ्सिर : भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह...

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४२

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी...

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:३४

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको...

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२७

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका...

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२१

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि...

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश...