
रसिला होमागाई । भक्तपुर । नयाँ वर्ष र भक्तपुरको ऐतीहासीक साँस्कृतीक बिस्केट जात्राको अवसरमा औद्योगिक तथा व्यापार मेलाको आयोजना हुने भएको छ । चैत २४ देखि वैशाख ५ गतेसम्म औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले मेला आयोजना गर्ने भएका हुन् ।
उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको औद्योगिक शान्ति नेपाल संस्थाका प्रमुख सन्दीप महतले बताए । मेलाका संयोजक दीपक थापाका अनाुसार अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल समेत राखिने छन् ।
मेलामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने छन् । बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । अवलोकन गर्न आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने छ ।
करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने तथा रु १० करोडदेखि रु १२ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा रहेको ९९ रोपनी जग्गामा आयोजना गरिने मेलामा करिब २०० स्टल रहने छन् ।
१५ चैत २०७२, ११.००
वि.सं.२०७२ चैत १५ सोमवार १२:०२ मा प्रकाशित