back
mega bank Ad
Hero Ad

नेपालमै छ ग्याँसको प्लान्ट, दैनिक १० हजार सिलिण्डर भर्न सकिने

मोरङ । स्थानीय हाथीमुडामा रहेको कोसी ग्यास उद्योगले रु ३० करोडको लागतमा अत्याधुनिक मेसिनरी प्रविधिबाट ग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन र बिक्री सुरु गरेको छ।

दैनिक आठ घन्टामा १० हजार सिलिन्डर ग्यास भर्ने क्षमता रहेको सो उद्योगमा उक्त प्लान्ट जडानको कारणले ग्यास सिलिन्डरको हाईड्रोलिक गुणस्तर जाँच नियामितरुपमा भइरहेको उद्योगका प्रबन्धक सचित उपाध्यायले जानकारी दिए। डेनमार्कको कोसानक्रिस प्लान्टबाट आयात गरिएको सो मेसिनरी प्लान्ट यस उद्योगमा जडान गरी सिलिन्डर भर्नेदेखि बजारसम्म पठाउने कार्यमा गुणस्तरीयता कायम राखिएको ग्यास उद्योगले दाबी गरेको छ ।

२६ वर्ष अगाडि स्थापना भएको सो उद्योगको ग्यास भर्नेदेखि सुरक्षा जाँच जनशक्तिबाट हुने गरेको थियो भने अहिले डेनमार्कबाट ल्याइएको अत्याधुनिक प्रविधिबाट सिलिन्डरको हाइड्रोलिक जाँच, अग्नि सुरक्षा, तौल जाँच, लिकेज जाँच तथा अन्य जाँच पनि कम्प्युटर एव्म मेसिनरी प्रविधिबाट गर्ने गरिएको उद्योगका प्रबन्धक उपाध्यायले बताए।

पूर्वाञ्चलमा सबैभन्दा बढी सो ग्यासको उपभोक्ता रहेको बताइएको छ। सो उद्योगको क्षमताअनुसार सरकारले ग्यासको सहज आपूर्ति गराउन नसकेकाले यस क्षेत्रमा ग्यासको केही समस्या भएको बताइएको छ।

१५ चैत २०७२, १.००

वि.सं.२०७२ चैत १५ सोमवार १३:३५ मा प्रकाशित

You can share this post!

चार सय करोड लगानीमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने, रमेश कर्प र कजारिया सेरामिक्सबीच भयो सम्झौता

चार सय करोड लगानीमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने, रमेश कर्प र कजारिया सेरामिक्सबीच भयो सम्झौता

वि.सं.२०७९ कात्तिक २० आइतवार १८:५९

काठमाडौं । भारतको नम्बर १. र विश्वको सातौँ ठूलो टाईल्स...

गुणस्तर परिषदले दियो ह्वासिन सिमेन्टलाई ओपीसी ४३ ग्रेडको मान्यता

गुणस्तर परिषदले दियो ह्वासिन सिमेन्टलाई ओपीसी ४३ ग्रेडको मान्यता

वि.सं.२०७९ कात्तिक ६ आइतवार २०:४१

काठमाडौं । नेपाल गुणस्तर तथा नाप तौल विभागले ह्वासिन सिमेन्टलाई...

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

वि.सं.२०७९ असोज ३१ सोमवार ०८:०७

उदयपुर । उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै...

मादलमै परनिर्भर वादी समुुदाय

मादलमै परनिर्भर वादी समुुदाय

वि.सं.२०७९ असोज १७ सोमवार १२:०७

हेमन्त केसी, सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुुदाय...

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

वि.सं.२०७९ असोज ९ आइतवार २१:२५

काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल...

कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन शुरुवात

कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन शुरुवात

वि.सं.२०७९ भदौ ३० बिहीवार १९:१६

काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको...