back

‘जे’ टू ‘जे’ सम्मेलन बैशाख ११ गतेदेखि गर्न पर्यटन मन्त्रीको सुझाव

Kumari bank ad

काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले ‘जे’ टू ‘जे’ सम्मेलन गर्नको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

पर्यटन पत्रकार संघ (जाट–नेपाल)को प्रतिनिधि मण्डलसँगको विशेष भेटमा मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धनको नयाँ अवधारणाको कार्यक्रम ‘जे’ टू ‘जे’ बैशाखको दोस्रो साता अर्थात ११ गतेदेखि सुरु गर्न सुझाब समेत दिएका छन् । नेपाल सरकारले विनासकारी भूकम्पको सम्झनामा बैशाख १२ गते विविध कार्यक्रमको आयोजना गर्न लागिएको र सो अवसरमा विदेशी पत्रकार र पर्यटकहरुको समेत उपस्थिति हुने हुँदा सोही सन्दर्भमा गर्न उपयुक्त हुने सुझाब दिए ।

उनले ११ गते एक दिने सम्मेलनको आयोजना गर्ने र १२ गते सरकारसँग कै साझेदारीमा घोषणा–पत्र जारी गर्ने गरि तयारी गर्न सुझाब दिएका छन् । पाँच दिने ‘जे’ टू ‘जे’ सम्मेलनको आयोजना गर्ने गरि तयारी थालेको जाट–नेपालले दुई रात तीन दिन भने लुम्विनी भ्रमणका लागि योजना बनाएको ‘जे’ टू ‘जे’ सम्मेलन आयोजना उपसमितिका संयोजक शिव श्रेष्ठले बताए । उनले काठमाडौंमा एक दिने सम्मेलन, एक दिन ‘जे’ टू ‘जे’ घोषणा पत्र जारि गर्ने र तीन दिन लुम्विनीको वस्तुस्थिति बुझ्न भ्रमण कार्यक्रमको आयोजना गर्ने गरि तयारी थालेको बताए ।

एक अर्को प्रसंगमा मन्त्री पोखरेलले जेठ ६, ७ र ८ गते हुन गइरहेको २५६० औं बुद्ध जयन्तिलाई समेत ‘जे’ टू ‘जे’ सम्मेलनले सकारात्मक सन्देश दिने र यी दुई एक अर्काको परिपुरक कार्यक्रम बन्ने बताए । मन्त्रीसँगको विशेष भेटघाट कार्यक्रममा जाट–नेपालका अध्यक्ष देवी पन्तले विनासकारी भूकम्प र नाकाबन्दी पछिको वास्तविक सन्देश अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा दिन ‘जे’ टू ‘जे’ सम्मेलन प्रभावकारी हुने बताए । उनले ‘जे’ टू ‘जे’ सम्मेलनका सम्बन्धमा सबै निजी व्यवसायीहरु सकारात्मक रहेको भन्दै यसको लागि व्यवसायीक छाता संगठनहरुले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको बताए ।

यसैबीच, पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईलाई समेत ‘जे’ टू ‘जे’ सम्मेलनका बारेमा अवगत गराइयो । जाट–नेपालका एक प्रतिनिधि मण्डल समक्ष आफ्नो भनाइ राख्दै सचिव राईले राम्रो कामका लागि मन्त्रालय र नेपाल पर्यटन बोर्ड कहिलै बाधक नहुने बताए ।

१५ चैत २०७२ /

वि.सं.२०७२ चैत १५ सोमवार १६:३२ मा प्रकाशित

You can share this post!

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : हालसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : हालसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १५ शुक्रवार १७:३९

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत   

राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत   

वि.सं.२०८० मंसिर १५ शुक्रवार १७:२२

काठमाडौँ, १५ मङ्सिर : निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११...

टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश

टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश

वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:३०

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप...

भुटानी शरणार्थी प्रकरणमा रिजाललाई छाड्न उच्च अदालतको आदेश

भुटानी शरणार्थी प्रकरणमा रिजाललाई छाड्न उच्च अदालतको आदेश

वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:२३

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरलाई छाड्न अस्वीकार

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरलाई छाड्न अस्वीकार

वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:१७

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई छाड्न अदालतले...

छोराको कुटपिटबाट बुबाको मृत्यु   

छोराको कुटपिटबाट बुबाको मृत्यु   

वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:१२

रसुवा, १५ मङ्सिर : उत्तरी रसुवामा छोराले गए राति कुटपिट...