back
NMB ad

हेर्नुहोस मनमोहक २० तस्विर, लुम्बिनीदेखि स्वर्गद्वारीसम्म …

Kumari bank ad

शब्द तस्विर : रामेश्वर कार्की/हरिशरण न्यौपाने

१.यो पहिलो तस्विर भैरहवा, लुम्बिनीमा अवस्थित भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । इ.पू.६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो । यो पावनभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरुकाबीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालु पर्यटकहरु तथा अध्ययेताहरु लुम्बिनीको भ्रमण गर्छन् ।

2 Lumbin

२. लुम्बिनी अबलोकनकै क्रममा देखिने यो सिद्धार्थ गौतम बुद्धको मूर्ति हो यो । यो मूर्ति छेउमा पुग्नासाथ मानिसहरु सँगै बसेर फोटो खिच्न तम्सिहाल्छन् । शान्त वातावरणमा आनन्दपूर्वक घुम्नु र त्यहाँका ऐतिहासिक, पुरातात्विकका साथै प्राकृतिक आनन्दले जो कसैलाई पनि एउटा छुट्टै संसारमा उपस्थित भएको आभास दिलाउँछ ।

5 lumbini

३.पाल्पा तानसेन बजार
यो पाल्पाको बजार हो । पाल्पा वास्तवमै एउटा स्वर्गको टुक्रा हो जहाँ पुगेपछी भोक प्यास, निन्द्रा र आफुले आफुलाई नै विर्सन पुगिन्छ । अझ रातको समयमा पाल्पा जाने हो भने लाग्छ डाँडाभरी आकाशका तारा सर्लक्कै झरेर  आराम गर्दै छान कि ! यो दृश्य कि त्यहिँ पुग्नेले मात्र देख्न सक्छन कि कल्पना मात्र गर्न सकिन्छ । कोलाहलपूर्ण स्थितिबाट केही समय आराम गर्नको लागि अति उत्तम ठाउँ हो यो । पाल्पाको तानसेन बजारमा पुगेर त्यहाँको हेमस्टेको आतिथ्य सत्कार र बसाईलाई कहिल्यै भुल्न सकिन्न । पर्यटकहरु एकचोटी पुगेपछि त्यहाँको होमस्टेमा पुनः बस्न आउने बाचा गर्दै फर्कन्छन् ।

6 tansen bazzar

पाल्पा जिल्लामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान मन्दिर, मदनपोखरा, रम्बादेखी, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दले महाकाली, दलेम डाडा जस्ता धेरै पर्यटकीय स्थलहरु छन् । रानीमहल चाही खड्ग समशेरले आफ्नो रानीको सम्झनामा बनाएको भवन हो जसलाई नेपालको ताजमहल भनिन्छ ।

४. पाल्पाली करुवा
कलात्मक विधिको प्रयोग गरी तानसेनमा हातले नै कुँदेका करुवा बलियो र लामो समयसम्म चमकदार रहिरहने भएकाले पर्यटकको आकर्षणको केन्द्रविन्दु करुवा बन्ने गरेको छ । त्यहाँ घुम्न गएका बेला सम्झनास्वरुप पर्यटकहरु करुवा किनेर फर्कन्छन् । यो तस्विर भने तानसेन नगरपालिका प्राङगणमा रहेको छ । पाल्पाको तानसेनमा उत्पादन हुने पाल्पाली करुवा र ढाकाको देशव्यपीरुपमा मात्रै होईन बिदेशमा पनि उत्तिकै माग रहेको छ । अहिले त पाल्पालीहरुले बिदेशी खादाको सट्टा ढाकाको खादाले पर्यटकहरुलाई सम्मान गर्ने परम्पराकै विकास गरेका छन् । यसले स्वदेशी वस्तुको प्रबद्र्धनमा पनि पाल्पालीहरु अगाडि देखिएका छन् ।

3 palpako karywa

५. ऐतिहासिक पाल्पा दरबार
यो पाल्पा तानसेनको ऐतिहासिक दरबार संग्राहलय हो । एक शताब्दी भन्दा बढि समयको इतिहास बोकेको पुरानो कलात्मक र सुन्दर काष्ठकला प्रयोग गरेर बनेको ऐतिहासिक दरबार हो । ऐतिहासिक पाल्पा दरवार २०६२ सालमा तत्कालिन माओवादी आक्रमणमा पूर्ण रुपमा ध्वस्त भएको थियो । तर अहिले दरबार पुरानै शैलीमा निर्माण गरिएको छ ।

वि.सं. १९६३ सालमा तत्कालीन जनरल प्रताप शमशेरद्वारा दैनिक प्रशाशनिक कार्य सञ्चालनका लागि दरबार निर्माण गरेका हुन् । राणा शासनको अन्त्य पछि २०१५ साल देखि एतिहासिक दरवारलाई तत्कालिन सरकारले सरकारी कार्यालयको रुपमा परिणत गरेपछि करिब एक दर्जन विभिन्न कार्यालयहरु रहदै आएका थिए । दरवार पुननिर्माण भएपछि दरवार परिसर भित्र रहेका सबै कार्यलय हटाई ऐतिहासिक संग्रालयको रुपमा परिणत गरिएको छ ।

‘पाल्पा दरबार सङग्राहलय’ बहुउद्देश्यीय सङग्राहलय भएकोले ऐतिहासिक तथा पुरातात्विक महत्व झल्किने सम्पदाहरु सङग्राहलयमा छन् ।

4 palpa durdar

६. पाल्पाको तानसेनामा रहेको स्व. राजा विरेन्द्रको पूर्णकदको शालिक
गणतन्त्रको स्थापनासंगै गणतन्त्र पक्षधर विशेषगरि एमाओवादीका कार्यकर्ताले देशव्यापी राजाका शालिकहरु बत्काउने अभियान सञ्चालन गरे । फलस्वरुप शहरका चोक चोकमा रहेका शालिकहरु ध्वस्त छन् तर पाल्पामा भने तत्कालिन राजा विरेन्द्रको शालिक सुरक्षित र संरक्षित रुपमा राखिएको छ । पर्यटक आकर्षित गर्नको लागि यो शालिक पनि एक सम्पदाको रुपमा रहेको स्थानीय बताउँछन् ।

7 ex king Birendra stachu

७/८. रुरु क्षेत्र
यो कालिगण्डकीको किनारामा गुल्मीमा अवस्थित पौराणिक काल देखी पवित्र तिर्थस्थलको रूपमा परीचित रुरुक्षेत्र(रिडी) देवदत्त पार्कमा अवस्थित मूर्ति हो । गुल्मी जिल्लामा परेपनि ३ जिल्ला (गुल्मी पाल्पा र स्याङ्जा) को संगम स्थलका रुपमा लिईन्छ ।

8 ridi bazzar
धार्मिक तिर्थस्थलको रुपमा परिचित रुरुक्षेत्रको महिमा पुराण तथा शास्त्रहरूमा पनि उल्लेख गरेको पाइन्छ । बराह पुराणमा रुरु क्षेत्रको पौराणिक इतिहासको बर्णन गरिएको छ, भने स्वस्थानी किताबमा पनि यसै स्थानमा सतीदेवीको दन्त पतन भएको उल्लेख गरिएको छ ।
त्यस्तै हिन्दू धार्मिक मान्यता अनुसार नेपालमा चार वटा धार्मिक क्षेत्रहरू रहेका छन् । ति क्षेत्रहरू (रुरुक्षेत्र, बराहक्षेत्र, पाशुपतक्षेत्र र मुक्तीक्षेत्र) मध्येको एक क्षेत्र रुरुक्षेत्र पनि हो । यो ठाउँलाई नेपालको बनारसको रूपमा पनि बुझ्ने गरिन्छ ।

हिन्दूहरूको लागि यो क्षेत्र पवित्र घाट पनि हो । विश्वमै कालिगण्डकी किनारमा मात्र भगवान बिष्णुको प्रतिक मानिने चक्र तथा बिभिन्न आकारको दुर्लभ शालीग्राम पनि पाईन्छ । आन्तरिक पर्यटकलाई स्थानीयले गर्ने पहिलो स्वागत नै त्यहाँ पुग्ने जो कोहिलाई मोहित पार्ने अस्त्र हो ।

 8 ridi lakhe nach

९. देवदत्त पार्क 

आहा ! क्या राम्रो देवदत्त पार्क । पार्कमा पुगेपछि पर्यटकहरु फोटो खिच्न हत्तारिहाल्छन् । केहि तल कालिगण्डकीको दृष्य, पार्कभित्र रुरुकन्याले तपस्या गरेको, मृगले बच्चालाई दूध खुवाईरहेको र केहि तल करिब ५ सय वर्ष पुरानो देवदत्त ऋषिले तपस्या गरेको भनिएको गुफा रहेको छ । तीन जिल्लाको संगमस्थल, चारैतिर हरियाली दृष्य, स्वच्छ वातावरण लगायतले यो स्थालको यात्रा जो कोहिका लागि बिर्सनै नसकिने बन्न पुग्छ ।

9 Devdatta ridi

१०/११. रेसुङगा क्षेत्र यज्ञशाला र भ्यूटावर
यो रेसुङगा क्षेत्रमा रहेको यज्ञशालाको तस्विर हो । विभाण्डक ऋषिका छोरा ऋष्यशृङगले तपस्या गरेको ठाउँ नै कालान्तरमा रेसुङगा बन्न गएको जनश्रुति छ । आध्यात्मिक तपोभूमिकोरुपमा त्यस क्षेत्रमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेर सिद्धि प्राप्त गरेको सर्वत्र सुनिन्छन् । त्यसैले रेसुङगालाई आध्यात्मिक र धार्मिक तपोभूमि भनिन्छ । यज्ञशालामा बाह्रै महिना नित्य पूजा र हवन हुने गरेको छ । कचौरा आकारमा रहेको गुल्मी सदरमुकाम तम्घास बजारबाट मोटर र पैदल गरी केहि घण्टाको यात्रामा यस स्थानमा पुग्न सकिन्छ ।

10 resunga yagyashala

रेसुङगाका तपस्वीहरुको प्रभावमा परि तत्कालिन श्री ३ रणबहादुर शाह, श्री ३ जंगबहादुर राणा र पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईराला आदिले समेत रेसुङगाको दर्शन गरेका रहेछन् । स्वच्छ हावापानी, सुन्दर, शान्त, विशाल पहाडका चुचुराहरु, अर्थात् पर्वतमालाहरु र वरिपरिको मनोरम दृष्यले यो ठाउँ पर्यटकका लागि उत्तम दर्शनीय ठाउँ हो । त्यस्तै रेसुङगाको चुचरोमा रहेको सिद्धस्थान मन्दिर पनि ।
आधा घण्टा मोटर बाटो हुँदै केहि घण्टाको यात्रापछि ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय आकर्षणको केन्द्र रेसुङ्गाको डाँडामा रहेको भ्यूटावरसम्म पुग्न सकिन्छ । भूकम्पले काठमाडौको धरहरा भत्काएपनि झण्डै झण्डै धरहरा चढेको आभास उक्त भ्यूटावरमा चढेपछि प्राप्त गरिन्छ । वास्तवमै एउटा स्वर्गको टुक्राजस्तै त्यस स्थानमा पुगेपछि चारैतिरको दृष्यले भोक प्यास, निन्द्रा र आफुले आफुलाई नै विर्सन पुगिन्छ ।

11 resunga vew tower

विशिष्ट प्राकृतिक महिमालाई उजागर गर्ने स्थानको रुपमा यस क्षेत्रलाई लिन सकिन्छ । त्यस्तै यस क्षेत्रमा रहेको वन विशेष प्रकारको रहेको छ । रेसुङगामा विष्णुपादुका, शिवालय, राधाकृष्ण मन्दिर, गरुडस्थान, पोखरी, पाटी पौवा, धर्मशाला, गौशाला आदि रहेका छन् ।

१२. अर्घाखाँचीको सुपादेउराली
नेपाल एकीकरण हुनुभन्दा पहिले भुरेटाकुरे राजाहरुको पाला देखिनै अर्घाखाँचीको सुपा देउरालीको महत्व थियो भनिन्छ । प्राकृतिक दृष्टिकोणले रमाइलो, तरेली परेका पहाड र पहाडको विचमा खण्ड खण्ड बस्ती संगै खोला किनारको आडमा सुपा देउराली मन्दिर छ । पहाडको देउरालीमा राखिएको सुपादेउराली देवीको प्रतिमा र देउराली पार गर्ने मानिसहरुले चढाउने फुलपातीले अर्घाखाँची जिल्लाका मानिसले सुपा देउरालीसंग कति धेरै भावनात्मक सम्वन्ध गाँसेका रहेछन् भन्ने कुरा थाहा हुन्छ । दुःख परेको बेला भाकल गर्ने र भाकलपुरा भएपछि आफूले भनेको कुरा सुपा देउरालीलाई चढाउने परम्परा रहँदै आएको छ ।

12 sipadeurali

मन्दिर नजिकै लाहुरे टाँसिएको भिर रहेको छ । अर्घाखाँचीको सुपादेउरालीको दर्शन मात्र होइन अर्घाखाँची जिल्ला भाषाविदहरूको लागि पनि महत्वपूर्ण मानिन्छ ।

१३/१४/१५. अर्घाखाँचीको नरसिंहस्थान ५२ हाते शिला
धार्मिक र प्राकृतिक पर्यटकीय दृष्टिले नयाँ गन्तव्य हो अर्घाखाँचीको नरसिंहस्थान । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट केहि घण्टाको दूरीमा मोटर यात्रामार्फत पुगिन्छ नरसिंहस्थानसम्म । त्यहाँ त्रिशुलै त्रिशुलले भरिपूर्ण कलात्मक मन्दिरहरु छन् ।

मन्दिर परिसरमा रहेको ५२ हाते शिला लगायत त्यहाँको ढुंगाका आकृतिहरु मनै लोभ्याउने छन् । त्यस स्थानमा पुगेपछि ढुंगै ढुंगाको जंगलकोरुपमा त्यसलाई लिन सकिन्छ । अर्थात् अर्घाखाँचीको स्टोन फोरेस्टको उपमा दिँदापनि फरक पर्दैन । तर थी अधिकांश भगवानको प्रतिकको रुपमा पुजिन्छन् । प्राकृतिक, धार्मिक, ऐतिहाँसिक महत्व बोकेको नरसिंहस्थानलाई शान्त मन लिएर घण्टौ बस्नसक्ने स्थानको रुपमा विकास गर्दा पनि फरक पर्दैन । ताकि त्यहाँ पुग्ने सबै व्यक्ति चुपचाप नरसिंहस्थानको पूजा आराधना, एकाग्रता गरेर फर्किउन् ।

19 52 hate shila narshinghsthan

नरसिंहस्थामा रहेको चार ढोके गुफाको अर्कै महत्व रहेको छ । त्यस आसपासको संरक्षण त्यहि गुफामा बस्ने बाघले नै गर्छ भन्ने गरिन्छ ।

13 4 dhoke gufa narshinghsthan

14 narshinghsthan

अर्घाखाँची हुँदै पुगीन्छ प्यूठान ।

१६/१७ /१८ स्वर्गद्वारी 

  यो तस्विर प्यूठानको स्वर्गद्धारीको हो । प्यूठानको महत्व स्वर्गद्धारीले बताउँछ । मनोरम प्राकृतिक दृष्यको अवलोकन गर्दै, लालिगुरासको घना जंगल त्यसमाथि चुचुरोमा अवस्थित स्वर्गद्धारी महाप्रभूको दर्शनले मनका सबै आकाँक्षा पुरा हुने विश्वास लिईन्छ ।

15 swargadwari gate

16 swargadwari ghida sawar surya thapa

17 swargadwari mandir

१९/२०. पाल्पा र रुपन्देहीको सिमानामा रहेको नुवाकोट गडी 

18 nuwakotgadi

18  nuwakot gadi vewtower

१५ चैत २०७२ / ५ : ३८ : ३१

वि.सं.२०७२ चैत १५ सोमवार १७:५५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...