
काठमाण्डौं । नयाँ वर्षसँगै सेयर बजारमा वाणिज्य बैंकहरुको १६ अर्बभन्दा बढी रुपैयाँको सेयर जारी हुने भएकोछ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नियामक नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा बाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने घोषणा गरेपछि नयाँ वर्षमा १६ अर्ब सेयर जारी हुने भएको हो ।
चुक्ता पुँजी बढाउनुपर्ने दबाबमा रहेका १२ वटा वाणिज्य बैंकहरुले १६ अर्ब रुपैयाँभन्दा बढी हकप्रद सेयर निष्काशन गर्दैछन् । पुँजी बढाउनका लागि बैंकहरुले राष्ट्र बैंकमा आफ्नो पुँजी वृद्धिको योजना पेस गरिसकेका छन् । यसरी सेयर लिएर आउन लागेका बैंकहरुमा लक्ष्मी बैंक ३ अर्ब ३ करोड ९२ लाख २९ हजार, बैंक अफ काठमाण्डूको २ अर्ब ६७ करोड, सानिमा बैंकको १ अर्ब ५३ करोड, सेन्चुरी बैंकको १ अर्ब ३८ करोड २२ लाख ४० हजार बरारबको सेयर निस्कासन हुन लागेको हो ।
त्यस्तै, सिटिजन्स बैंकको १ अर्ब ७० करोड, हिमालयन बैंकको ६४ करोड २७ लाख ३५ हजार, प्राइम कमर्शियल बैंकको १ अर्ब २४ करोड ५५ लाख, मेगा बैंकको ९९ करोड ४० लाख, एनआइसी एशियाको ९२ करोड ४० लाख, प्रभु बैंक ६४ करोड १७ लाख ७७ हजार, माछापुच्छ्रे बैंकको ३८ करोड र सनराइज बैंकको ३६ करोड ९० लाख ४७ हजार रुपैयाँ बरारबको सेयर निस्कान हुन लगोको हो ।
१६ चैत २०७२, ८.००
वि.सं.२०७२ चैत १६ मंगलवार १२:०१ मा प्रकाशित