
रसिला होमागाई । भक्तपुर । नेपालका सरकारको बजार अनुगमन टोलीले पटक पटक दिएको निर्देशन यहाँ संञ्चालित धेरै मासु व्यवसायी पालना नगरेको पाईएको छ ।
आज मङ्गबार पशुपंछी विकाश मन्त्रालय, पशु स्वास्थ्य सेवा विभाग, भेटेरिनरी जनस्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय भक्तपुर लगायतका निकायले गरेको मासु पसलको अनुगमनमा २ पटक दिएको निर्देशनको पालना नभएको पाइएको हो । कमलविनायकमा रहेको सरज मट सप, कमल विनायक मासु पसल, बि एस मिट सपले अघिल्लो पटक दिएको निर्देशन पालना नगरेकाले १५ दिन भित्र पुरा गर्ने तोकिएको मापदण्ड पुरा गर्ने निर्देशन दिएको छ ।
निर्देशन पालना १५ दिन भित्र पुरा नगर्ने व्यवसासीलाई स्थानीय प्रसासनको संयोजनमा कारवाही गरीने वरिष्ठ पशु चिकित्सक डाक्टर बोधनाथ अधिकारी जानकारी दिएका छन् ।
भक्तपुरको कमलविनायक, जगाती र सुर्यविनायकमा रहेको विभिन्न मासु पसलको अनुगमनको क्रममा सरकारी निकायले २०७० फागुन १२ र गते २०७२ असार २८ गते अनुगमन गर्ने क्रममा व्यवसायीहरुलाई वधशाला र पसल छुट्टै छुट्टै स्थानमा हुनु पर्ने, पसल दर्ता गर्नु पर्ने, वध गरेको मासु कम्तीमा पनि २ घण्टा फ्रिजमा राख्नु पर्ने, एप्रोन लगाउनु पर्ने लगायतका निर्देशन दिएको थियो ।
उपभोक्ता आफै सचेत भएर फोहोर तथा झिंगा भन्केको, कम्तीमा २ देखि ८ डिक्रि सेन्टीग्रेड तापक्रममा चिस्यान नभएको मासु खरिद गर्न नहुने अधिकारीले बताए । अगुगमन टोलीले भक्तपुरको कमलविनायक, जगाती र सुर्यविनायकमा रहेका १६ मासु पसलको अनुगमन तथा केहीबाट नमुना परिक्षणको लागि मासु समेत संकलन गरेको छ ।
१६ चैत २०७२, १२.००
वि.सं.२०७२ चैत १६ मंगलवार १२:१८ मा प्रकाशित