back

 चार दिनदेखि ठप्प छ तातोपानी

काठमाण्डौं । म्याग्दीको नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजनामा चार दिनदेखि विद्युत् उत्पादन बन्द भएको छ । दुई मेगावाट क्षमताको आयोजनाको बाँध लेदोले पुरिएको र सुरुङभित्र लेदो थुप्रिएकाले विद्युत् उत्पादन बन्द भएको हो ।

नारच्याङको भित्रीवनमा एक महिनाअघि गएको पहिरोले घलेम्दी खोला थुनिएर बनेको तलाउ खुलेर शुक्रबार साँझ आएको लेदोसहितको बाढीले आयोजनाको बाँध र सुरुङ पुरिएको छ ।

काठ, गेगर र बालुवासहितको बाक्लो लेदोले बाँध पुरिएको र सुरुङभित्र पनि पसेकाले विद्युत् उत्पादन ठप्प भएको आयोजनाका कर्मचारी खिमबहादुर पुनले जानकारी दिए ।

आयोजनाका प्रमुखसहितको टोली आज बाँध क्षेत्रको निरीक्षणमा गएको छ । बाँध र सुरुङमा थुप्रिएको लेदो नहटाउँदासम्म विद्युत् उत्पादन बन्द हुने पुनले बताए ।

विसं २०४६ मा निर्माण भएको म्याग्दीको एकमात्र उक्त विद्युत्गृहका टर्वाइन, जेनेरेटरलगायतका उपकरण मर्मत हुन नसक्दा हाल ८०० किलोवाट विद्युत् उत्पादन हुने गरेको थियो । उक्त आयोजना बन्द भएपछि उत्तरी म्याग्दीको नारच्याङ, दाना, भुरुङ तातोपानीका साथै तल्लो मुस्ताङमा विद्युत् आपूर्ति भएको छैन ।

यसअघि विद्युत्भार कटौती नहुने मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दा आयोजना बन्द भएपछि विद्युत्भार कटौतीको मारमा परेका छन् ।

१६ चैत २०७२, १.००

वि.सं.२०७२ चैत १६ मंगलवार १५:१७ मा प्रकाशित

You can share this post!

मोलुङ्ग हाइड्रोको आठ लाख कित्ता आइपिओ ५,६५३ जनालाई बाँडफाँट

मोलुङ्ग हाइड्रोको आठ लाख कित्ता आइपिओ ५,६५३ जनालाई बाँडफाँट

वि.सं.२०७९ माघ २५ बुधवार ०८:४३

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित ओखलङ्गा जिल्लाका बासिन्दाहरुको...

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २४ मंगलवार १८:०५

काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओमा ७ लाख २३ हजार...

ईयुको उच्चस्तरीय टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजनाको स्थलगत निरीक्षण

ईयुको उच्चस्तरीय टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजनाको स्थलगत निरीक्षण

वि.सं.२०७९ माघ २४ मंगलवार १२:२७

काठमाडौं । युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी...

सर्वसाधारणलाई सुपरमाई हाइड्रोपावरको आईपीओ आजदेखि खुला,  कति दिने आवेदन ?

सर्वसाधारणलाई सुपरमाई हाइड्रोपावरको आईपीओ आजदेखि खुला, कति दिने आवेदन ?

वि.सं.२०७९ माघ २३ सोमवार १०:३२

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज अर्थात माघ २३ गतेदेखि...

शुभम् पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

शुभम् पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

वि.सं.२०७९ माघ २२ आइतवार १७:५२

काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओमा १ अर्ब ५० करोड...

सर्वसाधारणलाई भोलीदेखि २० हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

सर्वसाधारणलाई भोलीदेखि २० हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ माघ २२ आइतवार १६:०४

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले भोली अर्थात माघ २३ गतेदेखि...