back

लोडसेडिङ अझै घट्ने, भारतबाटै पुनः ६ सय मेगावाट ल्याइने

काठमाण्डौं । आगामी आर्थिक वर्ष २०७४ असारभित्र राष्ट्रिय प्रसारण लाइनमा आन्तरिक उत्पादनबाट ३ सय ५८ मेगावाट बिजुली थपिने भएको छ। यही अबधिमा भारतबाट थप ६ सय मेगावाट बिजुली आयात गर्न सकिने छ।

ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार आगामी एक वर्षभित्र हुने आन्तरिक उत्पादन बृद्धि र भारतबाट आयात गर्न सकिने थप बिजुलीका कारण वर्षायाममा पूर्णरुपमा लोडसेडिङ अन्त्य हुन सक्नेछ भने हिउँदमा समेत लोडसेडिङ न्यूनमात्र रहनेछ। हाल बिजुलीको माग १३ सय मेगावाट छ भने उत्पादन ८ सय २९ मेगावाट मात्र छ। नेपालले लोडसेडिङ घटाउन हाल भारतबाट ३ सय १५ मेगावाट हाराहारीमा आयात गरिरहेको छ।

आगामी वर्ष बिजुलीको माग बढेर १४ सय २३ मेगावाट पुग्ने प्रक्षेपण विद्युत प्राधिकरणको छ। त्यतिबेलासम्म मुलुकमा निर्माणाधीन जलविद्युत आयोजनामध्ये ४० वटाको निर्माण सम्पन्न भई त्यसबाट ३ सय ५८ मेगावाट बिजुली उत्पादन सुरु भइसक्नेछ।

ती अधिकारीका अनुसार निजी क्षेत्रका ३८ आयोजना सम्पन्न भई ३ सय १४ मेगावाट बिजुली उत्पादन सुरु हुनेछ भने विद्युत प्राधिकरणले निर्माण गरिरहेका आयोजनाबाट ४४ मेगावाट बिजुली थपिनेछ।

कान्तिपुर दैनिक, १७ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १७ बुधवार १०:३७ मा प्रकाशित

You can share this post!

कागेश्वरी धाममा पुगे लाखौँ भक्तजन   

कागेश्वरी धाममा पुगे लाखौँ भक्तजन   

वि.सं.२०८० असोज ५ शुक्रवार १९:५८

काठमाडौँ, ५ असोज : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक,...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह   

वि.सं.२०८० असोज ५ शुक्रवार १९:४७

काठमाडौँ, ५ असोज : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...

नेपाल माइक्रो इकोनोमिक अपडेट : अर्को वर्ष आर्थिक सूचक सुध्रने एडिबीको अनुमान   

नेपाल माइक्रो इकोनोमिक अपडेट : अर्को वर्ष आर्थिक सूचक सुध्रने एडिबीको अनुमान   

वि.सं.२०८० असोज ५ शुक्रवार १९:३६

काठमाडौँ, ५ असोज : एसियाली विकास बैंक (एडिबी) ले ‘नेपाल...

सरकार र शिक्षकबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता, यस्ता छन् सहमतिको मस्यौदाको पूर्णपाठ

सरकार र शिक्षकबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता, यस्ता छन् सहमतिको मस्यौदाको पूर्णपाठ

वि.सं.२०८० असोज ५ शुक्रवार १७:४४

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। शुक्रबार...

डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण

डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण

वि.सं.२०८० असोज ५ शुक्रवार १७:३१

काठमाडौं । डेल्टिन नेपाल प्राइभेट लिमिटेडले श्री नन्दी माध्यामिक विद्यालयलाई...

भारतीय खेलाडीलाई अनुमति नदिएपछि खेलमन्त्रीको चीन भ्रमण रद्द   

भारतीय खेलाडीलाई अनुमति नदिएपछि खेलमन्त्रीको चीन भ्रमण रद्द   

वि.सं.२०८० असोज ५ शुक्रवार १७:०२

नयाँदिल्ली, ५ असोज : एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन...