
काठमाण्डौं । झिमरुक विकास बैंकले आफ्ना शेयरधनीलाई दश प्रतिशतकादरले हकप्रद शेयर जारी गरेको छ । बैंकले ४८ लाख ५० हजार रुपैयाँ बराबरको प्रति शेयर एक सय रुपैँया अकिंत ४८ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
हकप्रद शेयर बिक्री चैत्र १७ गतेदेखि खुल्ला भई २०७३ बैशाख २१ गते बन्द हुने बैंकले जनाएको छ । फागुन २३ गते सम्म कायम शेयरधनीहरुले हकप्रदका लागि आवेदन दिन सक्ने छन् ।
शेयर निष्काशन तथा विक्री प्रवन्धक ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेड रहेको छ । शेयरधनीहरुले ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडका साथै झिमरुक विकास बैंक लिमिटेड प्युठान तथा बैंकको अन्य शाखा कार्यालयहरु मार्फत पनि दरखास्त बुझाउन सकिने जनाएको छ ।
बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस पटक ९१ लाख रुपैया खुद नाफा गरेको छ । यो बैंक ज्योति विकास बैंक तथा हाम्रो विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको छ ।
१७ चैत २०७२, १२.००
वि.सं.२०७२ चैत १७ बुधवार १२:४३ मा प्रकाशित