back

तिब्बतमा पर्यटकीय गतिबिधि संचालन गर्न अप्ठ्यारो भएको कुरा जोडदार रुपमा उठाएँ : रिजाल

Kumari bank ad

काठमाडौँ । ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्रप्रसाद रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणदल सदस्यका रुपमा आफुले गरेको चीन भ्रमण अत्यन्त सफल भएको प्रतिक्रिया दिएका छन् ।

पहिलो पटक पर्यटन क्षेत्रको संस्थागत प्रतिनिधित्व गर्दै उच्चस्तरीय सरकारी भ्रमणमा सहभागी भएका अध्यक्ष रिजालले नेपाली पर्यटन क्षेत्रले भोग्नु परेको समस्याबारे छलफल गर्दै तिब्बतमा पर्यटकीय गतिबिधि संचालन गर्ने नसकेको कुरा जोडदार रुपमा उठाएको बताए ।
प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटघाट साथै नेपाली ब्यापारी प्रतिनिधिमण्डलले चीनको बिभिन्न शहरमा गरेको दुइपक्षीय छलफलमा अध्यक्ष रिजालको सक्रिय सहभागिता रहेको थियो ।

ूनेपाल उद्योग बाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सको अगुवाईमा भएको यस्ता छलफलहरुमा मैले नेपाली पर्यटन उद्योगले भोगिरहेको समस्या बारे चिनियाँ अधिकारीहरुलाई अबगत गराएँ अध्यक्ष रिजालले भने तातोपानी नाका बन्द भएका कारण नेपाली पर्यटन ब्यबसायीहरुले चीनको तिब्बतमा पर्यटकीय गतिबिधि संचालन गर्ने नसकेको व्यहोरा उक्त बैठकहरुमा ब्यक्त गरें ।

आफ्नो कुरा सुनेपछि चिनियाँ अधिकारीहरुले उक्त समस्या क्षेत्रीय तथा केन्द्रीय सरकारमा उठाउने प्रतिबद्धता ब्यक्त गरेको रिजालको भनाई छ ।

नेपाली ब्यापारीक प्रतिनिधिमण्डलले चीनको चेंग्दु, बेइजिङ, सान्या, तथा सियान शहरमा चिनियाँ व्यापारिक प्रतिनिधिमण्डलसंग दुर्इपक्षिय बार्ता गरेको थियो । सो छलफलमा पर्यटनका मुद्दा सशक्त रुपमा उठाइएको रिजालले बताए । यसका अलावा मैले अखिल चीन उद्योग तथा बाणिज्य महासंघकि उपाध्यक्ष आन कुई तथा चाइना चेम्बर अफ टुरिजमका अध्यक्ष वाङ पिङसंग छुट्टाछुट्टै बार्ता गरें रिजालले भने बार्तामा तिब्बतको कैलाश–मानसरोबरमा भारतीय तथा तेस्रो देशको पर्यटक लैजाँदा नेपाली ब्यबसायीहरुले भोगेका नीतिगत र ब्यबहारिक समस्या अबगत गराएँ । छलफलका क्रममा चिनियाँ प्रतिनिधी मण्डलले समस्या समाधान गर्न सक्दो पहल गर्ने आश्वासन दिएको अध्यक्ष रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आबश्यक पूर्वाधार निर्माण गरी चीनको ल्हासा पुग्ने बिदेशी पर्यटकलाई नेपाल ल्याउन सकिने सल्लाह प्रधानमन्त्री ओली लगायत नेपाली उच्च अधिकारीहरुलाई दिएको जानकारी दिंदै अध्यक्ष रिजालले केरुङ र कोराला नाका आबश्यक पुर्बाधार बनाई यथाशिघ्र संचालनमा ल्याइनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा साता व्यापी चीन भ्रमणमा गएको टोलि मार्च २७ मा काठमाण्डौ फर्किएको थियो ।

१७ चैत २०७२ / ४:१६

वि.सं.२०७२ चैत १७ बुधवार १६:२१ मा प्रकाशित

You can share this post!

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’   

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’   

वि.सं.२०८० असोज १३ शनिवार १२:३४

शेरबहादुर सिंह महेन्द्रनगर (कञ्चनपुर), १३ असोज : क्रिकेटर भीम सार्कीका...

प्रधानमन्त्री स्वदेश फिर्ता   

प्रधानमन्त्री स्वदेश फिर्ता   

वि.सं.२०८० असोज १३ शनिवार १२:२७

काठमाडौँ, १३ असोज : संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको...

जिडब्लुएमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प, के-के छन् सुविधा ?

जिडब्लुएमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प, के-के छन् सुविधा ?

वि.सं.२०८० असोज १३ शनिवार १२:१७

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स...

प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो शोरुमसहित एमजीको पाइला विस्तार

प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो शोरुमसहित एमजीको पाइला विस्तार

वि.सं.२०८० असोज १३ शनिवार १२:०६

काठमाडौं, १२ असोज । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक...

सीजीनेटद्वारा दशैँ क्याम्पेन ह्याट्रिक दक्षिणा अफर सार्वजनिक

सीजीनेटद्वारा दशैँ क्याम्पेन ह्याट्रिक दक्षिणा अफर सार्वजनिक

वि.सं.२०८० असोज १३ शनिवार ११:५८

काठमाडौं । आधुनिक जीवनका लागि आजको डिजिटल यूगमा कनेक्टिभिटी अपरिहार्य...

लगानी गर्ने होइन त ? सर्वसाधारणको लागि भोलीदेखि आउँदैछ ९७ लाख ३२ हजार कित्ता आईपीओ

लगानी गर्ने होइन त ? सर्वसाधारणको लागि भोलीदेखि आउँदैछ ९७ लाख ३२ हजार कित्ता आईपीओ

वि.सं.२०८० असोज १३ शनिवार ११:४९

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले भोली असोज १४...