पर्वत । यस वर्ष पर्वतमा उत्पादित सुन्तला बिक्रीबाट १५ करोड आम्दानी भएको छ । पर्वतबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको छ ।
जिल्ला कृषि विकास कार्यालय पर्वतले दिएको जानकारीअनुसार पर्वत जिल्लाबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको हो । जिल्लामा कुल ६९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको कार्यालयले जनाएको छ ।
गत वर्षको तुलनामा कृषकले बोटबाटै राम्रो मूल्य पाएका कारण सुन्तलाको बजारीकरणमा समस्या नपरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।
१८ चैत २०७२, ८.००
वि.सं.२०७२ चैत १८ बिहीवार १०:२० मा प्रकाशित