
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आज बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले असार मसान्तसम्म पचहत्तरै जिल्लामा डिम्याट (हितग्राही) खाता खोल्ने निक्षेप सदस्यको सेवा पुग्ने जानकारी गराएको जनाएको छ ।
यसका साथै अहिले ५५ जिल्लामा यो सेवा पुगिसकेको पनि स्पष्ट पारिएको छ । अहिले नेपालको शेयर बजारमा कारोबार हुने सबै शेयर अभौतिक (कागजी प्रमाण पत्र नहुने) भएकाले सेयर कारोबार गर्न डिम्याट खाता अनिबार्य भएको छ ।
१६ अंकको नम्बर हुने यस्तो खाता खोल्ने निक्षेप सदस्यता लिएको कम्पनीको कार्यालयमा गएर निश्चित प्रकारको फर्म भरी एक सय पचास रुपैयाँ बुझाएर प्रक्रिया पुरा गर्नुपर्नेछ ।
साउन १ गतेदेखि उपत्यकामा र माघ १ गतेदेखि अन्य जिल्लाहरुमा साधारण शेयर (आईपीओ) मा लगानी गर्न पनि डिम्याट खाता अनिबार्य भएपछि धितोपत्र बोर्डले यस्तो सूचना जारी गरेको हो ।
१८ चैत २०७२, ८.००
वि.सं.२०७२ चैत १८ बिहीवार ११:०३ मा प्रकाशित