
काठमाण्डौं । देश बिखण्डनको घोषित अभियानमा रहेका सिके राउतको हिजो बुधबार एउटा टेलिभिजनले लिएको अन्तरवार्ताप्रति कडा आपत्ति जनाउँदै उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले सिके राउतलाई इन्काउण्टर गर्नुपर्ने बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा आज एउटा स्टाटस लेख्दै देश टुक्र्याउनुपर्छ भनेर अन्तरवार्ता दिने राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्ने र अन्तरवार्ता लिने टेलिभिजनमाथि समेत कारवाही हुनुपर्ने उल्लेख गरेका छन् । उनले आज ‘सिके राउतले हाकाहाकी देश टुक्र्याएर अर्को देश बनाउछौं भन्दा पनि हामी देश सम्झेर चुपचाप सुनिरहनुपर्ने यो कस्तो लोकतन्त्र रु यो कस्तो अभिव्यक्ति स्वतन्त्रता ? म प्रधानमन्त्री र गृहमन्त्री वा सुरक्षा प्रमुख हुन्थें भने साला यो देशद्रोहीलाई सिधै इन्काउन्टरको आदेश दिने थिएँ ।’
एबीसी टेलिभिजनमा आएको सिके राउतको अन्तरवार्तालाई उल्लेख गर्दै उनले यस्तो स्टाटस लेखेका हुन् ।
१८ चैत २०७२, ११.००
वि.सं.२०७२ चैत १८ बिहीवार ११:२० मा प्रकाशित