
काठमाण्डौं । सरकारले ऊर्जा संकट समाधानका लागि ल्याएको गुरु योजना कार्यान्वयनमा ल्याउन लागि नयाँ कार्ययोजना निर्माण अन्तिम चरणमा पुगेको उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज ९सेजन०द्वारा आयोजित ऊर्जा विकास सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै रायमाझीले ‘सरकारले १ वर्षभित्र आधारभुत रुपमा लोड सेडिङ घटाउने तथा २ वर्षभित्र पुरै न्युनिकरण गर्ने गरी कार्ययोजना तयार गर्दै छ,’ उनले भने, ‘सरकारले प्रशारण लाइन निर्माणलाई उच्च प्राथमिकता दिने’ बताएका छन् ।
तत्काल समस्या समाधानका लागि सरकारले भारत, चीनलगायतका मुलुसँग क्रस बोर्डर ट्रान्समिसन लाईन निर्माण गरी विद्युत आयात गर्ने समेत उनले बताए ।
कार्यक्रममा एसियाली विकास वैंकका नेपाल हेर्ने कन्ट्री डाइरेक्टर केनिची योकोयामाले नेपालको जलविद्युत विकासमा आफुहरु सहयोग गर्न तयार गरहेको बताए । यसका लागि सरकारले सोसम्बन्धी कार्ययोजना तत्काल ल्याउनुपर्ने उनको भनाइ थियो ।
१८ चैत २०७२, १२.००
वि.सं.२०७२ चैत १८ बिहीवार १२:४६ मा प्रकाशित