
काठमाण्डौं । कृषि विकास मन्त्रालयको सहकार्य तथा फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ‘स्वच्छ वातावरण, आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा आजबाट १९ औं फूलको प्रतियोगितात्मक व्यापार प्रदर्शनी सुरु भएको छ।
मेलाको उद्घाटन कृषि विकास मन्त्री हरीबोल गजुरेलले गरेका छन् । मेला चैत २१ गतेसम्म चल्नेछ । मेलामा व्यावसायिक स्टल, सूचनामूलक र फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टलसहित जम्मा ६४ वटा स्टलमा ४ सय ५० भन्दा बढी जातिका फूलहरु रहेको आयोजकले जानकारी दिएका छन् । मेलामा ५० रुपैयाँदेखि ४ हजार रुपैयासम्मका फूलहरु छन्।
१८ चैत २०७२, २.३०
वि.सं.२०७२ चैत १८ बिहीवार १५:०६ मा प्रकाशित