
काठमाण्डौं । माथिल्लो कर्णाली जलविद्युत परियोजना खारेजीको लागि माथिल्लो कर्णली बचाउँ अभियान नामक समिति गठन गर्दै सम्झौता खारेजीको आन्दोलन सुरु भएकोछ ।
भारतीय बहुराष्ट्रिय कम्पनी जीएमआरसँग भएको सम्झौता पीडीए खारेजीका लागि अभियान सुरु भएकोछ । सो अभियानको अध्यक्षमा भरतबहादुर शाही रहेका छन् । ११ सदस्यी समितिले जागरण अभियान अन्तर्गत माथिल्लो कर्णालीको संझौता विरुद्ध निर्मित बृत्तचित्र प्रदर्शन, अन्तरक्रिया, कोणसभा लगायतका जनजागरण अभियान सञ्चालन सुरू गरेको छ ।
अभियान सञ्चालकहरुले माथिल्लो कर्णाली परियोजना सम्झौता देशहितमा नभइ राष्ट्रघाती भएकाले त्यसलाई खारेज गरी नयाँ ढंगबाट परियोजनाको काम अगाडि बढाउन सरकारसँग माग गरेका छन् । अभियान अन्तर्गत चैत १३ गते दैलेखको देवकोटा चोकमा बृत्तचित्र प्रदर्शन र कोणसभा गरिएको थियो ।
१९ चैत २०७२, ८.००
वि.सं.२०७२ चैत १९ शुक्रवार ११:१६ मा प्रकाशित