back

जोडियो ‘प्यूठान–अर्घाखाँची सडक’

Kumari bank ad

केशर रोका, प्यूठान । बांगेमरोठ सौतामारे–विड्डाँडा हुँदै अर्घाखाँचीको गोखुंगा जोड्ने साढे आठ किलोमिटर सडक पुरा भएको छ । सडक निर्माणको काम पुरा भएपछि विहिवार औपचारिक कार्यक्रम गरी नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापा र प्यूठान क्षेत्र नम्वर २ का सांसद् हिरा बहादुर के.सी.ले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।

दुवै जिल्लाको संगमस्थल अर्घाखाँची गोखुंगाको कालुकादिपमा आयोजित उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी थापाले बाटोको थप स्तरोन्नतीका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । ‘दुवै जिल्ला जोड्ने सडकलाई मितेरी सम्बन्धको रुपमा विकास गर्नुपर्छ, उनले भने, सडक पुगेर मात्र गाउँको विकास हुँदैन । गाउँमा स्थानीय बस्तुहरुको उत्पादन गरि निकासी गर्नतर्फ समेत जोड गर्नुस् । विकासको मुुद्दामा सवै राजनीतिक दलले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।

ऋणमै भएपनि दुवै जिल्लाका उपभोक्ताहरुले यसवर्ष सडक निर्माणको काम पुरा गरेको उपभोक्ता समितिका अध्यक्ष इमानसिंह के.सी.ले बताए । आर्थिक वर्ष २०६८/०६९ देखि सडक निर्माणको काम थालिएको बताउँदै उनले ऋण तिर्नका लागि सम्वन्धित निकायबाट सहयोग हुनुपर्नेमा आग्रह गरे ।

वर्षौदेखिको गाउँमा गाडी गुडाउने सपना पुरा भएको छ,उनले भने, ऋणै ऋणमा भएपनि बाटो पुरा गरेका छौँ । सडक निर्माणको काम थाल्दादेखि हालसम्म ३२ लाख १२ हजार ६ सय ५० रुपैयाँ खर्च भएको उनले जानकारी गराए । ६ लाख ७२ हजार ५ सय रुपैयाँ ऋण रहेको उनले बताए । सडक निर्माणका लागि गाउँलेले ६ लाख १९ हजार ५ सय ३० रुपैयाँ बरावरको जनश्रमदान गरेका छन् ।

गाविस, जिविस, प्यूठान क्षेत्र नम्वर २ का सांसद् हिरा वहादुर के.सी.र सांसद् दुर्गा पौडेलको ‘सांसद् विकास कोष मार्फत सडक निर्माणमा सहयोग भएको उपभोक्ता समितिका सचिव श्रवण के.सी.ले बताए । सौतामारे फेदी–रागामारे हुँदै अर्घाखाँचीको गोखुंगा पुग्नका लागि २५ किलोमिटरको घुमाउरो सडक साढे ८ किलोमिटरमै सिमित भएको उनको भनाई छ ।

यस्तै, अर्घाखाँची जिविस, हंसपुर र गोखुंगा गाविसको गरी १३ लाख २२ हजार २ सय ४२ रुपैयाँ लगानी भएको उपभोक्ता समितिका अध्यक्ष दिनामणी पन्थीले जानकारी गराए । २ लाख ६२ हजार २ सय ४२ रुपैयाँ ऋण रहेको उनले बताए ।

सडक निर्माण गर्दा लागेको ऋण पुरा गर्न आफूले सक्दो प्रयास गर्ने कार्यक्रमका विशेष अतिथी एवं प्यूठान क्षेत्र नं २ का सांसद् हिरा बहादुर के.सी.ले प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी आर्थिक वर्षमा पनि यस सडकलाई उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्ने समेत उनले जानकारी गराए ।

१९ चैत २०७२ / १ : ५५

वि.सं.२०७२ चैत १९ शुक्रवार १४:०१ मा प्रकाशित

You can share this post!

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण     

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण     

वि.सं.२०८० असोज १५ सोमवार २०:२०

वासिङ्टन, १५ असोज विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक...

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

वि.सं.२०८० असोज १५ सोमवार २०:१६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन...

सानिमा रिलायन्स लाईफले १०० प्रतिशत विलम्ब शुल्क छुट दिने

सानिमा रिलायन्स लाईफले १०० प्रतिशत विलम्ब शुल्क छुट दिने

वि.सं.२०८० असोज १५ सोमवार २०:०७

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखकालागि शत...

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

वि.सं.२०८० असोज १५ सोमवार २०:०१

अमेरिका । आर्ट अफ लिभिङ संस्थाले सेप्टेम्बर २९ देखि अक्टोबर...

बागमती प्रदेशले अस्थायी दरबन्दीलाई स्थायी गर्ने

बागमती प्रदेशले अस्थायी दरबन्दीलाई स्थायी गर्ने

वि.सं.२०८० असोज १५ सोमवार १९:५४

मकवानपुर, १५ असोजः बागमती प्रदेश सरकारले विभिन्न २१ वटा निकायमा...

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

वि.सं.२०८० असोज १५ सोमवार १८:०१

काठमाडौ, १५ असोज : सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र...