back

अनुहार र नागरिकता हेर्दा नेपाली जस्तै लाग्ने दलालबाट मुलुकमाथि आक्रमण : रिमाल

हरिशरण न्यौपाने ,काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेपाल ट्रेड यूनियन महासंघ (जिफन्टका) अध्यक्ष विष्णु रिमालले संबिधान जारी भएपछि मुलुकमाथि चौतर्फी आक्रमण भईरहेको बतएका छन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अन्तर्गत बैंक, वित्तिय तथा सहकारी क्षेत्र कर्मचारी यूनियन स्थापनार्थ आयोजित भेलाको उद्घाटन गर्दै प्रमुख सल्लाहकार रिमालले नेपाल र भारतबीचको सम्बन्धमा खाडल पैदा गर्न भारतीय केहि एजेन्सीहरुले उपद्रो मच्चाएको आरोप लगाए । रिमालले भने, ʽअहिले हामी धेरै सहज अवस्थामा छैनौं । संबिधान जारी भईसकेपछि हाम्रो मुलुकमा चौतर्फी आक्रमण भएको छ । अनुहार हेर्दा नेपाली लाग्ने, नागरिकता हेर्दा नेपाली लाग्ने मानिसहरुबाटै पनि नेपाललाई अहित हुने अभिव्यक्ति क्रियाकलापहरु हामीले पाएका छौं । त्यो जटिलता र चुनौति हामीकहाँ रहेको छ ।ʼ

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतको दक्षिणी प्रदेश गुजरातमा सम्बोधनकाक्रममा त्यहाँका अधिकाँस जनताले नेपालको संबिधानप्रति समर्थन गरेकोे भेटिएको उनको भनाई थियो । प्रमुख सल्लाहकार रिमालले भने,ʽनेपालको संबिधानप्रति भारतीय जनताको बिरोध छैन केहि प्रभुत्व व्यक्तिले मात्र बिरोध गरेको भेटियो ।ʼ ʽमात्र भारतमा केहि एजेन्सीहरु छन्, जुन एजेन्सीहरु नेपालको राजनीतिक तह र भारतीय राजनीतिक तहको बिचमा खाडल पैदा गर्न चाहन्छन् । कहिले उनीहरु बेलायततीर गएर उपद्रो मच्चाउछन्, कहिले उनीहरु ब्रसिल्सतीर गएर उपद्रो मच्चाउँछन् त्यो उपद्रो मच्चाउनेहरुबाट बेला बेलामा हामीले अप्ठेरो महशुस गर्नुपरेको छ ।ʼ उनले भने ।
दुई देश बीचमा पानी धमिलो पार्नेबाट जोगिनुपर्ने उनको जोड रहेको थियो । नेपालको संबिधान छिमेकी देशहरुको तुलतामा उत्कृष्ट रहेको उनको दाबी थियो ।

दुनियाँमा कुनैपनि उपनिबेशीक मालिक छैन

प्रमुख राजनीतिक सल्लाहकार रिमालले भूगोल र जनसंख्याका आधारमा देशहरु साना ठूला हुनसक्ने तर सार्वभौमसत्ता र स्वतन्त्र मुलुकको हिसाबले नेपाल कुनै मुलुकभन्दा सानो नभएको दाबी गरे । उनले भने, ʽअहिले दुनियाँमा कुनैपनि उपनिबेशीक मालिक छैन । जसको कारण उसको आदेश मान्न परोस् । नेपालका कोहि मालिक होईनन्, कोहि साथी हुन सक्छन्, साथी हुन सक्दैनन् भने त्यत्तिकै छेउमा बस्दा हुन्छ ।ʼ नेपालले कसैलाई शत्रु बनाउन नचाहेको उनको भनाई थियो ।

नारायण अधिकारीको अध्यक्षतामा बैंक, वित्तिय तथा सहकारी क्षेत्र कर्मचारी यूनियन स्थापना

gefont baink majdur
बैक, वित्तिय तथा सहकारी क्षेत्रका कर्मचारीको पहिलो भेलाले मेचीदेखि महाकालीसम्मको प्रतिनिधित्व हुनेगरि नारायण अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । यूनियनको उपाध्यक्षमा प्रदिप दाहाल, महासचिवमा दिव्यराज सापकोटा, आर्थिक सचिवमा भैरव श्रेष्ठ र महिला सचिवमा जमुना गिरी बराललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा नारायणीबाट उमाकान्त पौडेल, सगरमाथाबाट सुनील झा, महाकालीबाट प्रेम ऐरी, लुम्बिनीबाट भुपराज भट्टराई, वागमतीबाट बिमल दाहाल, कोशीबाट मन्दिरा भट्टराई, वागमतीबाट भवानी उप्रेती, गण्डकीबाट सन्तोष शर्मा र नारायणीबाट कमला गिरीलाई चयन गरेको छ । नवनिर्वाचित कमिटिलाई सपथ गराउँदै जिफन्टका कार्यबाहक अध्यक्ष हरिदत्त जोशीले बैक, वित्तिय तथा सहकारी क्षेत्रका श्रमिकहरुले जिम्मेवार ढंगमा काम गर्नुपर्ने भन्दै कार्यकाल सफलताको सुभकामना व्यक्त गरेका थिए ।

माघ १८ गते जिफन्टका सचिव दिनेश राईको नेतृत्वमा रहेको अभियान समूहले बैंक, वित्तिय तथा सहकारी क्षेत्र कर्मचारी यूनियन संगठित गराएर यस क्षेत्रका कर्मचारीलाई जिम्मेवारी हस्तान्तरण गरेको हो । उक्त अभियान समूहमा जिफन्ट सचिव केशव दुवाडी, जिफन्ट वागमती अञ्चल अध्यक्ष रामहरि नेपाल, जिफन्ट युवा कमिटी अध्यक्ष दामोदर सापकोटा र युनिट्राभका महासचिव सुमनप्रसाद पराजुली रहेका थिए ।

२० चैत २०७२/ २:१६

वि.सं.२०७२ चैत २० शनिवार १४:२३ मा प्रकाशित

You can share this post!

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज ८ सोमवार २१:३५

काठमाडौँ, ८ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित...

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

वि.सं.२०८० असोज ८ सोमवार २१:३१

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले...

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

वि.सं.२०८० असोज ८ सोमवार २१:२६

भैरहवा (रूपन्देही), ८ असोज : नेपालमा तीज सकिएको छ भने...

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

वि.सं.२०८० असोज ८ सोमवार २१:२०

मोरङ, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज...

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

वि.सं.२०८० असोज ८ सोमवार २१:१४

गण्डकी, ८ असोज : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

वि.सं.२०८० असोज ८ सोमवार २१:०९

विक्रम गिरी हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...